नेपाल बैंकर्स एसोसिएसनले बिहीबार निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा गर्न सकिने गरी खुला छाडेको छ। बैंकहरूले २०७८ पुसदेखि सहमतिमा निक्षेपको ब्याजदर निर्धारण गर्दै आइरहेका थिए। 'अहिले बैंकिङ प्रणालीमा तरलता सहज अवस्थामा छ। सहमतिमा ब्याजदर निर्धारण प्रक्रियाबारे धेरैले असन्तोषजनक टिप्पणी गरिरहेका थिए,' संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, 'त्यसैले तत्काललाई खुला छाड्ने निर्णय भएको हो।'