नेपालमा लोकतन्त्रको स्थापना र यात्रासँगै आर्थिक वृद्धि, सामाजिक उन्नति र राजनीतिक समावेशिताका प्रतिज्ञाहरू अगाडि बढेका छन् । पछिल्ला तीन दशक (विशेषतः २०४६ को परिवर्तनयता) मा नेपालले आय, शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ । २०४६ सालतिर नेपाल विश्वकै गरिब देशहरूमध्ये एक थियो, त्यतिबेला नेपालीको प्रतिव्यक्ति आय १८५ डलर थियो, अहिले त्यो बढेर करिब १४०० डलर पुगेको छ । गरिबी दर २०५२ सालमा ४२ प्रतिशत थियो, जुन अहिले २० प्रतिशतभन्दा कम भइसकेको छ ।