कृषि

हुम्लाबाट एक करोडको स्याउ निकासी

हुम्ला, माघ ४ गते । हिमाली जिल्ला हुम्लाबाट एक करोडको स्याउ जिल्ला बाहिर निकासी भएको छ । खार्पुनाथ गाउँपालिका– ५ को खार्पुसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएसँगै सो मूल्य बराबरको स्याउ जिल्ला बाहिर निकासी भएको हो । सिमकोट गाउँपालिका– ३ का उपेन्द्र लामाले पचास क्वीन्टल स्याउ पैदल मार्गबाट निकासी भएको जानकारी दिनुभयो । जिल्ला भरिबाट स्याउ व्यापारीहरुले एक करोड मूल्यको स्याउ जिल्ला बाहिर लगेर बिक्री गरेको उहाँल जानकारी दिनुभयो ।