सामूहिक बलात्कारपछि शंकास्पद मृत्यु भएकी सिराहाकी रिंकुकुमारी सदाय र भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत रूपन्देहीकी प्रकृति लम्सालको अस्वाभाविक मृत्यु घटनामा सिराहामा विरोध प्रर्दशन गरिएको छ । सिराहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले शुक्रबार ‘रिंकु र प्रकृतिको’ न्याय माग्दै, विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले ‘घटनामा संलग्न अपराधीलाई कारबाही गर’लगायतका नारासहित सिराहा बजार क्षेत्र परिक्रमा गरेका छन् ।