गृहमन्त्री लेखकलाई अन्तर्राष्ट्रिय दलित अधिकार आयोग ICDR को ध्यानाकर्षण

वाशिंगटन, डि.सी. 

दलित अधिकारका लागि अन्तर्राष्ट्रिय आयोग ( ICDR ) ले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक -IGP_ बसन्त बहादुर कुँवरमाथि गम्भीर मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै तत्काल कारबाहीको लागि कडा माग गरेको छ । 

सर्लाहीका अन्तरजातीय जोडी सत्येन्द्र कुमार राम (चमार) र नेहा रौनियारलाई गैरकानूनी गिरफ्तारी र यातना दिएको भन्दै  ICDR ले गृहमन्त्री र महानिरिक्षक विरुद्ध कारवाहीको माग गरेको हो । 
ICDRले ध्यानाकर्षण पत्र मार्फत नेपालको संविधान, अन्तर्राष्ट्रिय मानव अधिकार कानून र नेपालको सर्वोच्च अदालतको हालैको फैसलाको प्रत्यक्ष उल्लङ्घन भएको जनाएको छ । 

ICDRका अनुसार, मन्त्री लेखक र IGP कुँवरको प्रत्यक्ष आदेशमा काम गर्ने भनिएको नेपाल प्रहरीको एक विशेष टोलीले उक्त जोडीलाई पक्राउ गरी यातना दिएको आरोप लगाएको छ । “गृहमन्त्री श्री लेखक र आईजीपी श्री कुँवरले सत्येन्द्र र नेहालाई गिरफ्तारी र यातना दिने आदेश दिएर आफ्नो अधिकारको दुरुपयोग गर्नुभयो,” क्ष्ऋम्च् ले शक्तिको स्पष्ट दुरुपयोगको निन्दा गर्दै भन्यो । 

ICDRले नेपाल सरकारलाई अन्रजातीय विवाहित जोडीको सुरक्षा सुनिश्चित गर्न र उनीहरूमाथी भएको पीडा र अवसर गुमाउँदाको क्षतिपूर्ति दिन आग्रह गरेको छ । 
ICDR ले दलित उक्त घटनामा आन्दोलनरत अधिकारकर्मी खगेन्द्र सुनार र अन्य प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको घटनामा पनि निन्दा गरेको छ ।

गृहमन्त्री र आईजीपीको राजीनामा माग्दै काठमाडौंमा शान्तिपूर्ण रूपमा विरोध गरिरहेका पर्दशनकारीहरुलाई पक्राउ गरिएको थियो । 
संस्थाले उनीहरूको तत्काल रिहाइ र अन्तरजातीय विवाहमा अवरोध पु¥याउने र पीडितहरू विरुद्ध झूटा मुद्दा दायर गर्ने प्रहरी अधिकारीहरूको निष्पक्ष अनुसन्धान गर्न आह्वान गरेको छ ।

आफ्नो विज्ञप्तिमा, ICDRले अन्तर्राष्ट्रिय समुदाय र नेपाली अधिकारीहरूलाई ढिलाइ नगरी यी गम्भीर मानव अधिकार उल्लङ्घनहरूलाई सम्बोधन गर्न आग्रह गरेको छ। यसले नेपालमा सीमान्तकृत समुदायहरूको लागि न्याय, जवाफदेहिता र बलियो सुरक्षाको तत्काल आवश्यकतामा जोड दियो।

प्रतिक्रिया