प्रतिनिधिसभामा भेदभाव कसुर र सजाय सम्बन्धि गैरसरकारी विधेयक दर्ता

२० माघ, काठमाडौं । प्रतिनिधिसभामा भेदभाव कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ दर्ता गरिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलले उक्त भेदभावविरुद्ध गैरसरकारी विधेयक प्रतिनिधीसभामा दर्ता गराउनुभएको हो । 

उक्त विधेयक २०८१ ‘जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको छ । 
समाजमा अहिले पनि जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिको आधारमा भेदभाव रहेकाले कडा कानुनी व्यवस्थाका लागि विधेयक दर्ता गराएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलले बताउनुभयो । 

उक्त गैरसरकारी विधेयक प्रतिनिधिसभा नियमावली २०७९ को नियम १०० बमोजिम ल्याइएको हो । 

प्रतिक्रिया