एनआरएनएको उच्चस्तरीय समितिले २०२५ को मे ३ देखी ५ सम्म काठमाडौँमा आयोजना गरिने महाधिवेशनको भव्य तयारी गरेको छ । काठमाडौँमा आगामी २०८२ वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५) एकताको महाधिवेशन आयोजना गर्ने मिति तोकेर काम अघि बढाइएको आयोजक समितिले जनाएको हो । सर्वोेच्चको दुईवटा अलग अलग फैसलाका सवालमा फरक फरक व्याख्या र विश्लेषण भइरहँदा एकताको महाधिवेशन गराएर संघलाई नयाँ र वैधानिक लयमा फर्काउन आफुले सक्दो प्रयास गरि रहेको मुल आयोजक समितिका संयोजक डा. शेष घलेले बताउनभयो ।