अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको पहिलो बैठक भर्चियुलमा

भर्जिनिया, अमेरिका - अन्तर्राष्ट्रिय पत्रकार महासंङ्घ अमेरिका -Federation of International Journalist, America – FIJA) को कार्य समितिको पहिलो बैठक भर्चियुलमा  गरिएको छ । 

महासङ्घका अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा अमेरिकाका विभिन्न शहरहरू, नेपाल, क्यानाडा सम्मका सल्लाहकारहरू, पदाधिकारी तथा बोर्ड अफ डाइरेक्टरहरूको अनलाइईन तथा भिडियो उपस्थितिमा पहिलो बैठक गरिएको हो । 

बैठकमा वरिष्ठ पत्रकार योगेश उपाध्याय, पुरुषोत्तम दाहाल, डा बाल कृष्ण चापागाईँ, पुरु घिमिरे, विजय घिमिरे लगाएतका सल्लाहकारहरूले संस्थाको आगामी नयाँ बाटो तय गरी अगाडी बढ्ने भन्ने विषयमा गहन सुझावहरु प्रस्तुत गर्नुभयो । 
बैठकमा सल्लाहकारहरुले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका -Federation of International Journalist, America – FIJA) लाई पेसागत पत्रकारहरू र पत्रकारिता पेशाको विचमा पुलको काम गर्ने, स्वतन्त्र र लिडिङ संस्थाका रूपमा विकास गर्न सबैले आफ्ना आफ्ना योगदान दिन तयार छौ भन्नुभयो । 

कार्यसमितिका उपाध्यक्षहरू अखण्ड भण्डारी, जीवराम भण्डारी, केदार कोइराला, टङ्क पन्त, सतिश चापागाईँले पनि संस्थाका बहु आयामिक पक्षका बारेमा आ आफ्ना विचार तथा धारणा प्रस्तुत गर्नुभयो । उहाँहरुले पत्रकारिताका क्षेत्रमा देखिएका कमी कमजोरी तथा विकृति विसङ्गति हटाउन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाले ठुलो भूमिका खेल्न सक्ने र खेल्ने बताउनुभयो । 

यसैगरी बैठकमा महासचिव टङ्क दाहाल, सचिव अनिल अधिकारी, बोर्ड अफ डाइरेक्टरहरू क्रमशः विश्व राज थापा, दिनेश कार्की, नवराज कुँवर, अनिल थापा, सुमन दाहालले पनि महासङ्घ निर्माणको औचित्य तथा महत्व र यसका विविध पक्षहरूका बारेमा आफना धारणा राख्नु भयो । 

महासङ्घका अध्यक्ष रामप्रसाद खनालले बैठकमा उठेका प्रश्न तथा जिज्ञासाहरूको  सम्बोधन गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका FIJA, पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन बनाउन संस्थाको भूमिका प्रवल र प्रभावकारी बनाउन सबैको साथ सहयोग र सदासहायता आवश्यक रहेको बताउनुभयो ।  उहाँले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य अनुरूप संसार भर विभिन्न देशहरूमा देश स्तरीय शाखाहरू स्थापना गर्ने तर्फ महासङ्घ अगाडि बढेको बताउनुभयो । साथै उहाँले अब छिट्टै नेपालमा महासंघको शाखा स्थापनाका लागि अभियान सुरु गर्न लागिएको जानकारी दिनुभयो । 

बैठकले सचिव अनिल अधिकारीलाई सदस्यता मापदण्ड बनाउन र आगामी बैठकमा प्रतिवेदन पेस गर्न जिम्मेवारी तोकेको छ भने, बोर्ड अफ डाइरेक्टर दिनेश कार्कीलाई पत्रकारहरूको विश्वव्यापी नेटवर्क सञ्जाल निर्माण गर्ने कार्यलाई सहयोग पुग्ने गरी डाटा सङ्कलन तथा व्यवस्थापनको जिम्वेबारी र ““को को हो ?अर्थात who  is who ” पुस्तक तथा अनलाइन प्रकाशनका लागि आवश्यक तयारीका लागि संयोजक तोक्ने निर्णय गरेको छ । 

यसै गरी बैठकले महासङ्घका अध्यक्ष रामप्रसाद खनाललाई कार्य समितिलाई पूर्णता दिन आवश्यक पर्ने मनोनयन सदस्यहरू थप गर्न र नेपाल शाखा निर्माणका लागि आवश्यक पहल गर्न अधिकार प्रत्यायोजन गरेको छ । 

बैठकले पत्रकारितासँग सम्बद्ध संसारभर रहेका जुन सुकै संस्थाहरु सँग पनि पत्रकार हक हित र पत्रकारिताको बिकासका लागि आबस्यक सहकार्य गर्दै अगाडि बढ्ने पनि निर्णय गरेको छ ।  

महासचिव टङ्क दाहाललाई संस्थाको तर्फबाट मनोनयन पत्र, परिचय पत्र र वेबसाइट निर्माणका लागि जिम्मेवारी सुम्पेको छ । सबै महादेशहरू बाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई पूर्णता दिइने प्रयास गरिएको छ भने केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने छ ।  यसैगरी अन्य देशहरूमा पनि शाखा बिस्तार गरिँदै लगिने योजना छ ।

त्यसका लागि सम्बन्धित देशहरूमा  रहेका पत्रकारहरूलाई fijaheadquatars@gmail.com  मा सम्पर्क गर्न आग्रह गरिएको छ ।  

त्यसै गरी अन्य देशहरूमा पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका देश स्तरीय शाखाहरू स्थापना गरिने छन् जहाँ पेसागत पत्रकारहरू आवद्ध हुनेछन् । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको बारेमा, यसका गतिविधिहरू यसको वेबसाइटमा पनि समावेश गरिँदै लगिने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले जनाएको छ ।

पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका -Federation of International Journalist, America – FIJA) ले नेपाली पत्रकारहरूलाई मात्र होइन विभिन्न देशका पत्रकारहरूलाई समेट्दै जाने र जुन सुकै देशको पेसागत पत्रकार पनि यसमा आबद्ध हुन पाउने विधानमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया