कृत्ति सबैको साझा हो । साझा स्रोतको उपयोग पनि सबैले न्यायोचित रूपमा गर्न पाउनुपर्छ । तर, संसार यस्तो छैन । सीमित मानिसले संसारभरिको अधिकतम स्रोतमाथि कब्जा गरेर धनी भएका छन् भने गरिबको संख्या गुणात्मक रूपमा बढ्दै गइरहेको छ । ‘वर्ल्ड इनइक्वालिटी रिपोर्ट, २०२२’ ले संसारको १० प्रतिशत धनीसँग ७६ प्रतिशत र ५० प्रतिशत नागरिकसँग जम्मा २ प्रतिशत मात्रै सम्पत्ति रहेको तथ्य सार्वजनिक गरेको थियो । यसैगरी सन् २०२४ मा अक्सफामले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार, संसारको १ प्रतिशत धनीसँग ९५ प्रतिशत कमजोर आर्थिक अवस्था भएका जनतासँगभन्दा बढी सम्पत्ति रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।