पुस्तक समिक्षा

अधिकारकर्मी तथा पत्रकार राजु रसालीको कविता स्रंगह “प्रदेशीको मन” विमोचन

पाल्पा । मानवअधिकारकर्मी, पत्रकार तथा सामाजिक अभियन्ता राजु रसालीको कविता स्रंगह “प्रदेशीको मन” विमोचन भएको छ ।  दलित पत्रकार संघ पाल्पाले पाल्पाको तानसेनमा एक कार्यक्रमको आयोजना गरी अधिकारकर्मी तथा पत्रकार रसाईलीको कविता संग्रहको विमोचन गरिएको हो ।  पाल्पाका दलित अगुवा सूर्य प्रकाश दर्नालले उक्त कविता संग्रहको विमोचन गर्नुभयो । कविता संग्रहमा ५१ ओटा कविता समावेश गरिएका छन् । प्रदेशीएहरुको जीवनको पीडा, मातृभूमिको मोह, परिवार र समाजप्रतिको उत्तरदायित्वलाई मार्मिक रुपमा प्रस्तुत गरेका छन् ।  आजको २१औं शताब्दीमा पनि नेपाली समाज छुवाछूत, विभेदमा अल्झिएको यर्थाथता, असमानता, विसंगति जिउँदो हुँदा समाजको सकारात्मक परिवर्तन हुन नसकेको विषय कवितामा उल्लेख छ ।