बेलायतमा भुत्ते गाँठो” कथा संग्रहको चर्चा परिचर्चा

कथा-संग्रहको-चर्चा

काठमाडौं । कथाकार हरिचन्द्र नेपालीले लेख्नुभएको कथासंग्रह “भुत्ते गाँठो” को बेलायतमा परिचर्चा कार्यक्रम गरिएको छ । प्रेम र विभेदमा आधारित कथाकार हरिचन्द्र नेपालीको कथा संग्रहको बेलायतको कोभेन्ट्री शहरमा आयोजना गरिएको हो । 
कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, साहित्यिक र बौद्धिक ब्यक्तित्वहरुले चर्चा परिर्चा गरेका थिए । 
एन. आर. एन. यूके का प्रमुख संरक्षक एवम् समाजसेवी शेर बहादुर सुनारको अध्यक्षतामा गरिएको कार्यक्रममा सहित्यकार विजय हितान (ब्रयन) ले कथा संग्रह “भुत्ते गाठो” बारे समालोचन गर्नु भएको थियो । 
अतिथी साहित्यकार भरत कुमार श्रेष्ठ (विवस), नोप्स यूरोपका अध्यक्ष,अर्जुन सुनार , कोभेन्ट्री नेपाली समाजका अध्यक्ष सन्तोस रेग्मी, सुनगाभा सककस्कृतिक समुहका प्रतिनिधी प्रताप दर्जी, गितकार बाबुराम भुसाल, बौद्धिक ब्याक्तित्वहरू डा. प्रदिप लामिछाने , डा. निता पौडेल लगाएकले कथाकार हरिश्चन्द्र नेपालीले सामाजिक विषयलाई उठान गरि कृती प्रकाशन गरेकोमा प्रसंसा गर्नुभएको थियो । 
साथै निरन्तर कलम चलाईराख्न सुझाव  तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा उपस्थित समाजसेवीहरु शुवास अधिकारी, नविन गौथम, प्रकास आचार्य, एलिना संग्रौला लगाएतले कथाबारे टिप्पणी सहित विचार राख्नु भएको थियो ।
कार्यक्रमा ललित परियारले सहजीकरण गर्नुभएको थियो । 
कथाकार हरिश्चन्द्र नेपालीले कथा लेखिनुको कारणसहित उपस्थित सम्पुर्णलाई उपस्थितीका लागि धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई पुस्तक गाँठो पुस्तक वितरण गरिएको थियो ।
कथाकार नेपालीले पुस्तक वेचेर कास्कीको बिकट माछापुच्छ्रे गाउपालिका ३, घाचोक स्थित श्री जनजागरण सामुदायीक नमुना विद्यालयलाई सरस्वती भक्त मेमोरियल ट्रस्ट पोखरालाई सहयोग गरिने जानकारी दिनभयो ।
 

प्रतिक्रिया