खेलकुद

नेपाललाई पराजित गर्दै यूएईले जित्यो उपाधि

काठमाडौँ — यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा यूएईले १ सय ६३ रनको मध्यम लक्ष्य १ बल अगाडि पुरा गर्‍यो ।  मोन्टी देशाईको प्रशिक्षणमा नेपाल पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो । देशाईको प्रशिक्षणमा नेपाल यसअघि घरेलु मैदानमा खेलिएका १६ खेलमा अपराजित थियो । यूएईबाट ओपनर मोहम्मद वासिमले सर्वाधिक ४५ रन बनाए । नेपाली फिल्डरले दुई पटक क्याच छाडेपछि टिकिरहेका कप्तान वासिमले २२ बल खेली ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर आर्यान्श शर्माले २६ बल खेली २ चौकासहित २५ रन बनाए ।