गिनिज बुकमा पार्कर खेलाडी दिनेश सुनारको २० औं सफलता

न्युयोर्क । गिनिज वुक वफ वल्र्डमा पार्कर खेलाडी दिनेश सुनारले अर्काे सफलताको रेकर्ड राख्न सफल हुनुभएको छ । पार्कर खेलाडी सुनारले जिम्नास्टिक खेल अन्तरगत पर्ने “द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड” बिधामा १४ पटक सम्म आँखा बन्द गरि आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टि हानेर नयाँ रेकर्ड थप गर्नु भएको हो । 
गत ७ डिसेम्बर २०२४ का दिन सिटि अफ एक्रोनवार्ड टु गभरमेन्टको आयोजनामा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमको अबसरमा विभिन्न फरक देशका ३०० भन्दा बढी दर्शकहरुको अगाडि रेकर्ड प्रस्तुत गरि उक्त रेकर्ड दाबी गिनिज बुकलाई पठाएका थिए । 
गिनिजबुक अफ वर्ल्ड रेकर्डको हेडक्वाटरले उक्त रेकर्डलाई (२० डिसेम्बर २०२५) रेकर्डको मान्यता दिएको हो ।
उक्त फेस्टिबल कार्यक्रममा मेक्सिको, जर्मनी, ईन्डिया, अफ्रिका,पोल्यान्ड, आइरल्यान्ड, भुटान ,कोङ्गो,,इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका संस्कृती तथा पहिचान झल्काउने नृत्य प्रदर्शन भएको थियो । 
ओहायो राज्यको प्रतिनिधिहरुMs. Christine Weidie high am Council Member District ^, Mr. Jeff Wilhite Council Member District मुल्यांकनकर्ता थिए साथै मार्सल आर्टका प्रशिक्षकद्वय हर्क तिरुवा र कौशिला खनाल पनि जजको भुमिकामा थिए । त्यस्तै टाइम किपरमा मार्सल आर्ट खेलाडी निलम खनाल र सिटि अफ एक्रोन वार्ड टु काउन्सिल म्यान ःPhil Lombardoथिए ।
यस रेकर्डको लागि Top shop Kathmandu को owner न्यूयोर्कको लोकप्रीय सामाजिक अभियन्ता लकेश श्रेष्ठ platinum प्रायोजक थिए ।
त्यसैगरी मकै हाउस मिडिया न्युयोर्क, अन्नपूर्ण पोस्ट ,हेल्लो अमेरिका, रुटिन अफ नेपाल बन्द(च्इल्द्य),डिग्निटी पोस्ट , खसोखास अमेरिका ब्यूरो र  Akron Beacon Journal िमिडिया पार्टनरहरु रहेका थिए । 

M Government of US Embassy Nepal Washington DC, City of Akron mayor, Ward @ council member, Summit County of Ohio , GPK foundation INC America, Chapter, Hami Nepal Global, American Parkour Academy , World Freeruning Parkour Federation, NEPALESE AMERICAN LAW ENFORCEMENT ASSOCIATION , Bhutanese community association of Akron inc , Sunshine Taekwondo Academy, Law firm Chhetry & Associates, P C , Law firm Keshab Raj , Minority Empowerment Network, downtown Akron partnership, Digital bridges of Nepal , Gorkhali Sewa Samaj New York, A! MoMo Restaurant , Business world Travel , united kirat Rai organization of America New York chapter - UKROA_ , Paranam Restaurant Astoria, New York, Nepali American Artist Association Inc New York, Social worker and volunteer Mr= Giriraj Panthi, Prem jewelry New York , Nepal Jewelry New York

पार्कर खेलाडी दिनेश भन्नुहुन्छ, “यो रेकर्ड प्रयास गर्न सुरुवात गरेको १२ भयो निरन्तर लागिरहे र आज सफल भएँ” ।
नयाँ पुस्ताहरुलाई पार्कर खेलमा अभिप्रेरित गरि खेलमार्फत देशको नाम बिश्व सामु उचो पार्दै एक ज्वलन्त उदाहरण बन्न उहाँको चाहाना रहेको छ । 
साथै यस अमेरिकामा राखेको रेकर्डले नेपाल र अमेरिका बिचको सम्बन्धमा पनि थप मजबुत बनाउन सहयोग गर्ने आशा गरिएको छ । 
भबिस्यमा अमेरिका र नेपालमा पार्कर ट्रेनिङ्ग दिन बिश्वस्तरमा उच्च तहमा आएका खेलाडी तथा कोचहरु उत्पादन गर्ने योजनामा पनि हुनुहुन्छ । 
अहिलेसम्म उहाँले आफ्नो अद्वितीय प्रतिभा र समर्पणका माध्यमबाट देश र खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान दिनुभएको छ । उहाँले पार्कर खेलमार्फत युवाहरूलाई समाज परिवर्तनको प्रेरणा प्रदान गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ  । 
उहाँको मुख्य योजना नेपाल र अमेरिकामा पार्कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरी विश्वस्तरीय खेलाडी र प्रशिक्षक उत्पादन गर्नु रहेको छ ।
आफ्नो प्रतिभाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उच्च स्थानमा पु¥याइरहेका सुनारले नेपाल र अमेरिकाबीचको सांस्कृतिक, कूटनीतिक, र खेलकुद सम्बन्धलाई सुमधुर बनाउन निरन्तर प्रयास गर्दै आउनुभएको छ । 
पार्कर खेलको प्रवर्द्धनमार्फत सुनारले नेपाल र एक्रोन (अमेरिका) बीच आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै, नेपाली पहिचानलाई विश्वभर फैलाउने महत्त्वपूर्ण कार्य गरिरहनुभएको छ ।
 

प्रतिक्रिया