विशेषाधिकारको व्यवस्थाको कार्यान्वयन गर्न दृढता आवश्यक : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थाको कार्यान्वयन गर्न दृढता चाहिने बताउनुभएको छ ।

नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले दलित समुदायमाथिका छुवाछुत र जातीय विभेद अत्यन्त अमानवीय र निकृष्ट व्यवहार र वर्गीय र राजनीतिक समस्या भएको उल्लेख भन्नुभयो । 

उहाँले यसको राजनीतिक रुपमै हल गर्नुपर्ने र त्यसका लागि विशेषाअधिकारको नीति सबैतिर लागु गर्नुपर्नेमा जोड दिनुभयो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको घटनाको स्मरण गर्दै राजनीतिक परिवर्तनमा दलित समुदायको योगदान उत्कृष्ट रहेको भन्दै उहाँले नेपालका अधिकाँश आन्दोलनमा दलित समुदायको विशेष भूमिका छ भन्नुभयो । 

अध्यक्ष प्रचण्डले शान्ति र संघिय लोकतन्त्रको पुनस्थापनापछि पनि दलित समुदायको मुद्धाको सम्बोधनमा केही कमजोरी भएको स्वीकार गर्दै केन्द्रीय समिति बैठकबाट दलित समुदायको विशेषाधिकार सम्बन्धी विशेष प्रस्ताव नै पारित गरेको बताउनुभयो । 

पार्टीले दलित समुदायको मुक्तिका लागि राज्यका सबै अङ्ग र निकाय तथा सामाजिक जीवनका सबै क्षेत्रमा विशेषाधकिारको व्यवस्था सहितको स्पष्ट नीति अघि सार्दै आएको छ’ उहाँले भन्नुभयो, ‘विशेषाधिकारको यो नीति ऐतिहासिक भौतिकवादको अध्ययनका आधारमा क्षतिपूर्तिको सिद्धान्तअनुरुप रहेको छ । 

उहाँका अनुसार नेपालको ठोस सन्दर्भमा दलित, महिला र मुस्लिम समुदायलाई राज्यका सबै अङ्ग, निकाय र क्षेत्रमा जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वमाथि ऐतिहासिक क्षतिपूर्ति स्वरुप निश्चित प्रतिशत थप गरी विशेषाधिकारको व्यवस्था गर्नुपर्दछ । 
 

प्रतिक्रिया