मसान्त र सङ्क्रान्तिहरू १२ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मसान्त र १२ वटै सङ्क्रान्तिहरू, विक्रम संवतका यी महत्त्वपूर्ण गणकहरू हुन् । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका वर्षका दिनहरू क्रमशः विभिन्न मसान्त र सङ्क्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुन्छ । माघे सङ्क्रान्ति आज माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ ।