विविध

पानीका स्रोत सुक्दै

मुक्तिकोट नजिकैको रुधी गाउँका मानिसले दुई वर्षअघि गएको पहिरोका कारण आफूहरूले अझै कष्ट भोगिरहनुपरेको दुःखेसो थर्ड पोलसँग पोखेका थिए । सो पहिरोले उनीहरूको पानीको एउटा स्राेत रोकिदियो । त्याे त्यहाँका लगभग १६० घरपरिवारका लागि एकमात्र पानीको स्रोत थियो । ““अहिले हामी पिउने पानीका लागि चिन्दे खोलामा निर्भर छौँ । त्यहाँ पुग्न एक घण्टा लाग्छ,” रुदीगाउँका रत्न धामीले बताए ।