पानीका स्रोत सुक्दै
मुक्तिकोट नजिकैको रुधी गाउँका मानिसले दुई वर्षअघि गएको पहिरोका कारण आफूहरूले अझै कष्ट भोगिरहनुपरेको दुःखेसो थर्ड पोलसँग पोखेका थिए । सो पहिरोले उनीहरूको पानीको एउटा स्राेत रोकिदियो । त्याे त्यहाँका लगभग १६० घरपरिवारका लागि एकमात्र पानीको स्रोत थियो ।
““अहिले हामी पिउने पानीका लागि चिन्दे खोलामा निर्भर छौँ । त्यहाँ पुग्न एक घण्टा लाग्छ,” रुदीगाउँका रत्न धामीले बताए ।
पानीकै संकटका कारण आफूहरूले पशुपालन गर्न पनि छाडेको गाउँलेहरूको भनाइ छ । “हामीले प्रायः गहुँ, जौ र गेडागुडीको खेती गर्छौँ तर सिँचाइ अवरुद्ध भएको छ । वर्षाको पानीमै भर पर्नुपरेको छ, केही वर्षदेखि त्यसको पनि केही टुंगो छैन । त्यसैले गर्दा हामीले धानखेती गर्न त छाडिसक्यौँ,” धामीले भने ।.
“यस्तै परिस्थितिमा हामी धेरै समय टिक्न सक्दैनौँ । बसाइँ सर्न पनि हामीसँग बचत छैन । दुईवटा विकल्पमात्र बाँकी छन्– या त सरकारले यहाँ पानीको व्यवस्था गर्नुपर्याे वा अर्को कुनै उचित ठाउँमा पूरै बस्तीलाई नै सार्नुपर्यो ,” निकै खिन्न भावमा धामीले यसो भनिरहँदा सँगैका छिमेकीले पनि उनको कुरामा सहमति जनाइरहेका थिए । सो जिल्लाका कैयौँ गाउँको वास्तविकता यस्तै छ ।
सन् २०१८ देखि २०१९ को अवधिमा स्वामी कार्तिक खपर गाउँपालिकाले सो पालिकाको तल्लो क्षेत्रमा सिँचाइ नहर बनायो । तर कर्णाली नदीभन्दा सयौँ मिटर माथि रहेका रुधीजस्ता बस्तीलाई त त्यसबाट कुनै फाइदा भएन । “ती बस्तीका लागि लिफ्ट सिँचाइ प्रणाली गर्नसक्ने सम्भावना छ तर त्यो हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो त्यसैले त्यसका लागि प्रदेश तथा संघीय सरकारको सहयोगको खाँचो छ,” पालिकाका शाहीले भने । त्यसो त उनले सो बस्तीको स्थानान्तरण गर्ने प्रस्ताव पेस गरिसकेका छन्, तर त्यसप्रति कुनै प्रतिक्रिया पाएका छैनन् ।
https://www.thethirdpole.net/ne/507/88903/
प्रतिक्रिया