विचार

अपांगता समावेशीकरणको सवाल

अपांगता भएका व्यक्तिहरू विभिन्न चुनौतीको सामना गर्न बाध्य छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सन् २०११ मा प्रकाशित ‘विश्व अपांगतासम्बन्धी प्रतिवेदन’ अनुसार विश्वमा एक अर्बभन्दा धेरै अर्थात् झन्डै १५ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता रहेको छ। जुन विकासोन्मुख देशहरूमा पाँच जनामध्ये एक जना वा २० प्रतिशत जनसंख्यामा अपांगता देखिएको छ। यही प्रतिवेदनअनुसार, अपांगता भएका व्यक्तिहरूमा हुने हिंसा अपांगता नभएका व्यक्तिहरूमाथि हुने हिंसाभन्दा चारदेखि १० गुना बढी छ।  राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा अपांगता भएका व्यक्तिको संख्या ६ लाख ५४ हजार ७ सय ८२ रहेको