रेम विश्वकर्मा
वहुआयामिक व्यक्ति तथा वहुचर्चित कलाकार प्रकास सपुत र उनले निर्माण गरेको फिल्म वसन्तको अहिले राष्ट्रिय र अन्तरराष्ट्रि«य स्तरमा समेत चर्चा चलिरहेको छ । यो मानेमा कि प्रकाश सपुतको वसन्त फिल्मनै नहेरी फिल्मका वारेमा टिका टिप्पणी र विनास्वादका तर्क गर्नु कति ठिक होला ? यति सम्म की वसन्त फिल्म र प्रकाश सपुतलाई वहिस्कार गर्ने अभियान नै चलाएको पाईन्छ । यसको अर्थ नेपाली समाजको जात व्यवस्थाको यर्थात चरित्र र वास्तिविकतालाई अझै पनि स्वीकार गर्न नसक्नु हो । जातको पिडा जस्ले भोग्यो उसैलाई वढि थाहा छ, नभोग्नेलाई के थाहा ? नेपाली समाजमा जातिय छुवाछुत र भेदभाव अझै पनि वलियो गरी जरा गाडेर बसेको छ भन्ने कुरा संसारलाई थाहा भएको कुरा हो । आम दलित समुदाय जात व्यवस्थावाट प्रताडित छन् । नेपाली समाजमा दलितहरुले भोगेका छुवाछुत र भेदभावले दलितहरुलाई सदियौ देखी आत्म स्वाभीमानमा ठूलो चोट पुर्याइरहेको छ । त्यसो त समाजमा दलितको समस्या छैन भन्नेहरुको जमात पनि कम छैन । यस विचमा प्रकाशले वसन्त मार्फत दलित र जात व्यवस्थाको प्रभाव र असर समाजमा यथावत नै छ भन्ने देखाउने जुन आँट, सहास वा वहादुरीको काम गरेका छन्, त्यो सम्मान योग्य छ । माया र विरोधका विच पनि वसन्तले उत्साहका साथ मुलुकभरी प्रदर्शनको दुइ हप्ता पार गरेको छ । देशैभरीका हलहरुमा वसन्त चलिरहेको छ । साथै विदेशमा समेत प्रर्दशन सुरु गर्ने तयारी भईरहेको छ ।
पहिला पहिला पनि यस्ता फिल्म निर्माण नभएका होइनन् । तर त्यति चर्चामा आउन सकेका थिएनन । तर यस पटक वसन्तको चर्चा निकै भयो । नेपाली समाजमा विद्यमान जात व्यवस्थामा आधारित फिल्म निर्माण हुन, आफैमा ठुलो काम हो । यसअर्थमा प्रकाश र वसन्त फिल्म प्रति विनास्वादका तर्क गर्नु भनेको सिंगो दलित समुदायलाई अपवेहलना गर्नु वा अस्वीकार गर्नु हो । आफुलाई शिक्षित, सभ्य, ठुलो जात भन्ने हरुले यो फिल्मको वास्तविकता र नेपाली समाजको यर्थात धरातललाई टेकेर तर्क गर्दा उक्तम होला । कतिपयलाई दलितले निर्माण गरेको फिल्म दलितकै विषयमा छ भन्ने महसुस गरे, फिल्म नहेरी कुतर्कहरु गरिरहेका छन् । त्यसैले समय मिलाएर सवैले एक पटक यो फिल्म हेर्दा अति उत्तम हुने छ, विशेष त नया पुस्ताले ।
हुन त फिल्म निर्माण पक्षमा कहि कतै केही प्राविधीक कमी कमजोरीहरु हुन सक्छन् । नेपाली सिँगो समाजको चरित्रमाथी कथा वस्तु लेखन र छाँयाँकनमा यसको व्यवस्थापन, तारतम्यता, समाजको तहगत संरचनामा सबै कुराको रस नपुग्न सक्छ, तर फिल्मले वहुआयआमिक ढंगबाट समाज भर्सेज समाजलाई दिएको सन्देशहरु इतिवृतान्त, सत्यतथ्यमा आधारीत र वस्तुपरक नै छन ।
पहिला पहिला वनेका दलित सम्वन्धी सिरियल र फिल्म वा अन्य सिर्जनाहरुमा पनि यस्ता खाले कुतर्कहरु नआएका होईनन् । दलितहरुले गर्ने हरेक काम, सृजना र कुनै विषयमा वोल्दा तथानामका गाली गलोज आउने गर्दछन । तर जात व्यवस्था छैन । हामी मान्दैनौ भन्नेहरुको ुलागि वसन्त फिल्मले अनुभुति गराउन ठुलो सहयोग गर्ने छ । शिक्षित, सभ्य र आफुलाई उच्चजात भन्नेहरुले पनि नवुझ्दा, तिनिहरुलाई बुझाउन यो फिल्मले ठलो सहयोग गर्ने छ ।
यो पुस्ताका लागि जात व्यवस्था समाजमा जिवन्त छ, तर आउने पुस्तालाई वसन्त फिल्मले जिवन्त समाजको चित्रण गर्ने छ । निर्माण कर्ताले वर्तमानमा सोचे जस्तो नभए पनि भविश्यका लागि महत्वपूर्ण सम्पत्ति निर्माण गरेका छन् ।
वास्तवमा वसन्तले समाजको यथार्थ चित्रण गर्ने कोशिष गरेको छ । यथास्थितिमाथि प्रहार गर्ने, जमर्काे गरेको छ । चेतना निर्माणका पक्षमा सहयोग पु¥याउन र परिवर्तनका निम्ति बहस सिर्जना गर्ने कोशिष गरेको छ, यो अत्यन्त सह्रानीय पक्ष हो ।
मुलत ः सामाजिक मुद्दा उठान गर्ने कुरा ठूला कुरा हो । चलचित्रको रुपमा यो फिल्म अगाडी आएको छ । जातीय भेदभाव, महिला तथा लैङ्गिक हिंसा, भौगोलिक विकटताले निर्माण गरेको कठिन जीवनशैली, गरिबी, बेरोजगारी, शहरी–ग्रामीण विभाजन र राजनीतिक अन्यायजस्ता विषयमा केन्द्रित चलचित्रले नेपाली समाजको वास्तविक स्वरूपलाई पर्दामा उतार्ने प्रयास गरेको छ । हिजोको समाजको सामाजिक कुण्ठा, जातिय वितृष्णा, जातिय भेदभाव वा छुवाछूतको चरम पीडा, खानपीन उठवस, सामाजिक अन्तरघुलनमा अत्यन्त असामनजस्य र असह्य व्यवहारमा आज पनि कुनै पनि कमी आउन सकेको छैन । अहिलेको जातीय तहगत सामाजिक संरचना र तह तप्कामा पुरानै संस्कार रितीरिवाजलाई यथास्थितीबादमा ठीक छ भन्नेहरुका लागि वर्षाैदेखी उत्पीडन अन्याय र भेदभावको चरम मार सहन बाध्य भएकाहरुले असह्य पीडा भएपछि उनीहरुले चेतनात्मक ज्वाला दन्काउन सुरु गरेको पाईन्छ ।
त्यसो त नेपाली समाजमा निर्माण गरिएका नेपाली फिल्महरुले दलित उत्पिडित र सिमान्तकृत समुदायका गरिवी, विभेद, धर्म,सँस्कार,रितीरिवाज र परम्पराका कथावस्तु आंसिक रुपमा भए पनि नसमेटेका होईन, तर ती प्रयाप्त थिएनन ।
वसन्त नेपाली पहाडी समाजमा विद्यमान छुवाछूत र भेदभावको मुद्दा र जात व्यवस्थामा निर्माण गरिएको चलचित्र हो । यस चलचित्रको अस्तित्व सर्जक प्रकाश सपुतमा पूरापूर केन्द्रित छ । डेढ दशकदेखि नेपाली गीतसंगीतमा पृथक धार निर्माण गर्न सफल प्रकाश सपुतको अनुहारबिना यो चलचित्रको परिकल्पना गर्न सम्भव छैन । जसका देश विदेशमा लाखौ दर्शक, समर्थक, र प्रशंसक छन । जसले गर्दा यो फिल्म निर्माण गर्न सफल भएका ह’न । अहिले तिनै दर्शक, समर्थक, र प्रशंसकहरुले हेरि रहेका छन ।
प्रकाश सपुतले अहिलेको आधुनिक युगको चेतनास्तरलाई फिल्म बसन्त मार्फत चुनौती दिने कोशिष गरेका हुन् । समाजमा व्याप्त जातीय छुवाछूत र विभेदको पीडा पछिल्लो पिँढीले भोग्न नपरोस भन्नेमा उनको उद्देश्य हो । उनका पुस्तौ पुस्ताले भोग्दै आएको जातीय भेदभाव र उत्पीडनको भोगाई, आफू र आफू जस्तै दलित समुदायले भोग्दै आएको समाज जातीय द्धन्द, हिन्दु धर्मले बोकेर ल्याएको वर्णव्यवस्था, जातपात र छुवाछुतको आक्रोश, असन्तुष्टि लाई आफ्ना सिर्जनाहरुबाट पोख्दै आएका छन् । पहाडी समाजमा एउटा दलित समुदायले बाँचेभोगेका आमकथाहरू उनीसँग पनि छन् । त्यसको प्रभाव नै वास्तवमा उनका सिर्जनामा न आउने कुरै भएन चाहे गीत सगीतमा होस या फिल्मका अन्तरवस्तुमा । उनका कलाकारिताको सिर्जनाले बेलाबेला बजार पिट्ने गरेको छ । त्यसैले उनले निर्माण गरेका चलचित्रले जातीय मुद्दालाई उठाएर दलित समुदायलाई न्याय दिने कोशिष गरेका छ ।
व्यवस्था परिवर्तनका लागि, वर्गिय र जातीय समानता, सामाजिक न्याय, र सम्रग उत्थान र समृद्धिका लागि नेपालमा सबै खाले आन्दोलन भए । ऐतिहासकि जनआन्दोलन भए । सामाजिक साँस्कृतिक आर्थिक राजनीतिक क्रान्ति भए । व्यवस्था परिवर्तन पनि भयो । संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक बन्यो । विश्वकै उत्कृष्ट जन पक्षिय संविबान पनि निर्माण भयो । तर दलित उत्पिडित र सीमान्तकृत समुदायमाथीको अन्याय अत्याचार दमन, शोषण वलात्कार हत्या कुटपिट र जातीय भेदवभाव र छुवाछूत जस्ता दुव्र्यवहार अझै पनि नेपाली समाजमा जहाँको तही जस्ताको तस्तै रह्यो ।
धारापानीमा छुवाछूत छ, दलितले छोएको भातभान्सा चल्दैन । मठमन्दिरमा विभेद छ, पानी छोइएको निउँमा कुटपिट हुन्छ, अन्तरजातिय प्रेम विवाह गर्दा प्रेमजोडीलाई कुटपिट गरी हत्या गरिन्छ कि त मारिन्छ, कि मर्न बाध्य पारिन्छ । अब यसको लागि कस्तो व्यवस्था चाहिने हो ? कस्ले के गर्नुपर्ने हो, कस्तो क्रान्ति गर्नपर्ने हो ? यसको कार्यन्वन कस्ले गर्ने हो ? बास्तवमा वसन्त फिल्मले यो विषयवस्तुको कथा निर्माण गरेको छ । तर गैर दलित समुदायको लागि यो कुरा अझै स्वीकार्य भईसकेको छैन ।
कथाले जे सन्देश दिन खोजेको छ, त्यो अर्थपूर्ण छ । वास्तवमा दलितलाई न्याय चाहिएको छ । समाजले न्याय गर्न सकेको छैन । कहिले के वाहानामा कहिले कुन वहानमा दलितमाथी विभेद थोपरिएको छ । विभेदबाट उम्कन प्रयास गरिरहेको दलित समुदायको आवाज समेत राज्यबाटै दमित छ । यो फिल्म वसन्त प्रकास सपुतले निर्माण गर्ने क्रम देखिनै अलि अलि सानो स्वरमा काँई कँुई कुतर्कहरु गर्ने गरिएका थिए, जव फिल्मको टेलर सार्वजनिक भयो । प्रर्दशनको मिति तोकियो, त्यसपछि समाजका केही मान्छेहरु ठुलो स्वर गर्न र छटपटाउन थाले । प्रकाश र वसन्तलाई फलप गर्ने भनेर कोही माया गरे जस्तो गरेर , कोही विरोधकोरुममा नकरात्क प्रचार वाजी गर्न थाले । मुलत यसको महत्वपुर्ण सन्देश के हो भन्ने पक्षमा चूईक्क नबोली गलत र नकरात्मक टिका टिप्पणी गर्ने काम भइरहेको छ । त्यसो त अहिले पनि नेपाली समाजमा दलित समुदायलाई सधै भरी एकै अवस्थामा देख्न चाहाने हरुको ठुलो जमात छ । दलितको पक्षमा न्याय चाहानेहरु मानवअधिकारकर्मी, अधिकारकर्मी तथा सम्पूर्ण न्यायकर्मीहरुले यो फिल्म हेरेर स्वस्थ आलोचना गर्न जरुरी छ । तर्क वितर्क वहस छलफल र अन्तक्रिया गर्ने छुट, स्तन्त्रता र अधिकार सबैलाई छ । विरोध गरेर रमाउन त पाइन्छ तर नेपाली समाजमा जात व्यवस्थाको विभेदकारी संरचनालाई बढावा दिने छुट कसैलाई छैन । र फिल्मनै नहेरी कपोकल्पीत कुराहरु वजारमा ल्याइ हल्ला गर्ने र दर्शकहरु भड्काउन छुट पनि कसैलाई छैन ।
वसन्तले दलित अधिकारका पक्षमा वकालत गर्ने सामाजिक संघसंस्थालाई पनि दरो झापट दिने कोशिष गरेको छ । एनजिओले दलित माथीको घटनाप्रदान केन्द्रित आन्दोलन मात्रै नभई वैचारिक दृष्टिकोण र आन्दोलनलाई वलियो र ससत्त बनाउने अभियान केन्द्ति गरिनुपर्छ भन्नेमा जोड दिएको छ । त्यसैले वसन्त दलितको दृष्टिकोणबाट कथा इमानदार छ, जसले विभेद र असमानताविरुद्ध सशक्त आवाज बुलन्द गरेको छ । प्रकाशले भावनाको डोरी समाएर फिल्मको बृहत्तर क्यानभासमा आगो ओकलेका छन् ।
तर गायक÷कलाकार प्रकाश सपुतको फिल्म ‘वसन्त’ लाई बहिष्कारको ट्याग लगाइएको छ । र नेपाली संगीतका सुपरस्टार सपुतको फिल्मले अपेक्षित व्यापार गर्न नसकेको खबर मात्रै सार्वजनिक गरिएका छन् । ‘वसन्त’ को टाइटल थिमले भन्छ– वर्ण व्यवस्थाले सदीऔंदेखि न्याँकिएको एउटा तप्काको कथा हो । के अहिलेको बहिष्कारको हावा पनि यही मर्मसहित मडारिएको त होइन ? बहस अझै गर्न जरुरी छ ।
रेम विश्वकर्मा डिगनीटि पोष्टका प्रधान सम्पादक हुनुहुन्छ ।
प्रतिक्रिया