न्यूयोर्क — संयुक्त राज्य अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी हुनुभएको छ । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुनुभएको छ । उहाँको यो नयाँ रेकर्ड हो । सन् २०१६ मा ट्रम्प हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बन्नुभएको थियो । तर सन् २०२० मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनसँग पराजित हुनभएको थियो । यसपालि भने उहाँले डमोक्र्याटिककी कमला ह्यारिसलाई हराउनुभएको हो ।