डा. पूर्ण नेपाली श्रीलंकाको राजदूतमा सिफारिस हुनुभएको छ ।
नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कपिलवस्तुका डा. पूर्ण नेपालीलाई श्रीलंकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
‘दलित समुदायबाट प्रतिनिधित्व हुने गरी श्रीलंकाको आवासीय राजदूतमा सिफारिस गरिएको छ,’ नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले भन्नुभयो ।
नेपाली अब नेपालीबारे संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुनेछ।
समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।
डा. नेपाली हाल काठमाडौं विश्वविद्यालयमा सहायक प्रोफेसर हुनुहुन्छ । उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्कलर पनि हुनुहुन्छ ।
प्रतिक्रिया