कहाँ छैन विभेद ? न गाउँ घर न शहर सबैतिर
- Dignity Post
- १ महिना अघि

गाउँमा रामेछाप लिखु-तामाकोसी गाउँपालिका-७ मा जन्मिएँ । तर, मेरो बाल्यकाल रामेछापकै नागदहस्थित धोबी भन्ने ठाउँमा बित्यो । जहाँ मेरो बुबाममी डेरामा बस्नुहुन्थ्यो । मेरो बुबा सुनको गहना बनाउने सुनारे । अरूको घरघरमै गएर सुनको गहना बनाइदिनुहुन्थ्यो । म ७-८ वर्षको हुँदा कहिलेकाहीँ म पनि बुबासँगै जान्थेँ । गहना बनाएर नसक्दासम्म हामी त्यही घरमा बस्नुपर्थ्याे । गर्मी होस् वा जाडो, बुबा बाहिरै बसेर सुन बनाइरहनुहुन्थ्यो ।