काठमाडौं । नेपाल दलित मुक्ति संगठनको नयाँ नेतृत्व चयन भएको छ । संगठनले संगठनको स्थायी कमिटी बैठकले रामऔतार पासवानलाई केन्द्रीय अध्यक्ष चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पासवान दलित आन्दोलनको अगुवा नेता तथा संविधान सभा सदस्य पासवान हुनुहुन्छ । उहाँ दलित मुक्ति संगठनको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
(एकीकृत समाजवादी) पार्टीको विधानअनुसार पार्टी पदाधिकारी र जनसंगठनको पदाधिकारी एउटै व्यक्ति रहन नमिल्ने व्यवस्था भएपछि संगठनको अध्यक्षबाट गणेश विश्वकर्माले राजीनामा दिनुभएको थियो । पछि स्थायी कमिटीको बैठकले पासवानलाई संगठनको केन्द्रिय अध्यक्ष बनाएको हो ।
बैठकले उपाध्यक्ष तथा कोशी प्रदेशको इन्चार्जमा (ताप्लेजुङ)का नेत्र नेपाली दोलखाका नन्द घतानी र कैलालीका प्रदीप सोव उपमहासचिवमा तथा सचिवहरुमा क्रमशः दैलेखका प्रेम विश्वकर्मा, सल्यानका निमबहादुर नेपाली र तनहुँका र दुर्गा नेपाली सहित केन्द्रीय कोषाध्यक्षमा द्धारिका शंकर (काठमाडौं) र केन्द्रीय कमिटी सदस्यमा सुव्वासाहेव पासवान (रौतहट) लाई मनोेनयन गरेको छ ।
दलित मुक्ति संगठनका उपमहासचिव तथा प्रचार विभाग प्रमुख गोपाल बराइलीले आगामी २०८२ जेठ २१, २२ र २३ गतेसम्म काठमाडौंमा छैठौं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसैबीच संगठनले राष्ट्रिय सम्मेलन सफल बनाउन २०८१ माघ १ गतेदेखि २०८२ बैशाख मसान्तसम्म ४ महिने ‘संगठन पुनगर्ठन तथा दलित पुनर्जागरण अभियान’ संचालन गर्ने भएको छ ।
प्रतिक्रिया