सिमान्तकृत समुदाय

६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा सहयात्रा क्यानडाले आयोजना ग-यो वेबिनार

टोरन्टो -मानव अधिकार तथा दलित अधिकारको क्षेत्रमा कार्यरत अगुवाहरुले नेपालमा जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक रहेको बताएका छन्। क्यानडामा कार्यरत गैरसरकारी संस्था सहयात्रा (सामाजिक न्यायका लागि अन्तरराष्ट्रिय संजाल क्यानडा) ले ६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च) को अवसरमा आयोजित वेबिनारका वक्ताहरुले नेपालमा संविधानमा लिपिबद्ध अधिकार पनि दलित समुदायका लाखौं नेपालीले उपभोग गर्न नपाएको जनाए। कार्यक्रमको सभापतित्व गरिरहेका सहयात्रा इन्टरन्याशनलका अध्यक्ष प्रा डा. द्रोण प्रकाश रसालीले जातीय भेदभावको ऐतिहासिक पृष्ठभूमि र यसको प्रभावबारे जानकारी गराए। उनले जातीय विभाजन अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न अप्राकृतिक,अनावश्यक र अन्यायपूर्ण विभाजन हटाउनु पर्ने, सामाजिक,आर्थिक समानता र सामाजिक न्यायको ग्यारेन्टी गर्नु पर्ने र प्रत्येक व्यक्तिलाई सम्मानपूर्ण व्यवहार गर्दै जातीय विभाजनका संरचनागत व्यवधानहरु हटाउनु पर्ने बताए