सिमान्तकृत समुदाय

सञ्चार माध्यममा पहुँच र अन्तर सम्बन्ध विस्तार सम्बन्धी अभिमुखीकरण कार्यक्रम

आश्विन १६,  काठमाडौं ।  जागरण मिडिया सेन्टरले बागमती प्रदेशमा साँसदहरुका विचमा सञ्चार माध्यममा पहुँच र अन्तर सम्वन्ध विस्तार सम्वन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ । संसदीय अभ्यासमा समुदायमा पछाडी पारीएका समुदायको मुद्धाको उठानमा मिडियाले खेल्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।  संसद् सहयोग परियोजना संयुक्त राष्ट्रिय विकास कार्यक्रमको सहयोगमा गत सोमबार काठमाडौँमा बाग्मती प्रदेशका सांसदहरू बिच संसदमा प्रभावकारी समन्वय र सञ्चार गर्न वागमती प्रदेशका सांसदहरुलाई मिडियाको भूमिका बढाउन उक्त कार्यक्रम गरिएको जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभाका सदस्या कमला विश्वकर्माले बताउनुभयो ।  संस्थाकी अध्यक्ष कमला विश्वकर्माले सबै सहभागीहरूलाई स्वागत गर्दै विगतका दिनहरूमा पनि बाग्मती प्रदेशका सांसदहरूलाई  विभिन्न  समयमा संसदमा कसरी प्रस्तुत हुने, कानुन बनाउँदा के कुरामा ध्यान दिनु पर्ने, विधेयक संशोधन र तयारी लगायतका  विषयमा छलफल गर्दै आएको बताउनु भयो ।