सिमान्तकृत समुदाय

कैलालीका पत्रकार भुलको हत्या सम्बन्धमा अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले पत्रकार सुरेश भुलको कुटपिट पछि भएको मृत्यू सम्बन्धमा एक स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।  दलित पत्रकार संघको अध्यन टोलीले दलित तथा मानवअधिकारकर्मी र पत्रकारहरुको विचमा एक कार्यक्रम गरी पत्रकार सुरेश भूलको मृत्यू सुनियोजित ढंगले कुटपिट गरी भएको तथ्य सहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।  अध्ययन प्रतिवेदन सार्वजनिक गरेको संघले घटनाको विस्तृत छानविन गरी दोसीहरुलाई कानुनको दायरामा ल्याई कडा कारवाही गरिनु पर्ने, पीडित परिवारलाई तत्काल राहत र न्यायिक क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।   कैलालीको गौरीगंगा नगरपालिका –११ कान्तिपुरका सुरेश भुललाई स्थानीयले बाख्रा चोरको आरोप लगाएका थिए । आरोपमा एक ठूलो भिडले आक्रमणरगरी मरणासन्न हुनेगरी कुटपीट गरेपछि  उपचारको क्रममा गत कात्तिक २४ गते राति मृत्यू भएको थियो ।