सिमान्तकृत समुदाय

राज्य पुनर्संरचनाबारे बहस समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्तरिक औपनिवेशीकरणको अन्त्यका लागि गरिएको थियो । त्यसैका लागि प्रागऐतिहासिक कालदेखि बहिष्करणको चक्रमा पिल्सिएका तमाम मानिसले जीवनको आहुति दिएका थिए । उनीहरूको बलिदानमा पहिलोपटक संविधानसभामार्फत संविधान निर्माण भएको थियो । यो संविधानको मूल मर्म र अन्तरनिहीत आशय समावेशी राज्य निर्माण हो भन्ने कुरा यसको प्रस्तावनादेखि विभिन्न धारामा उल्लेख गरिएका हक, अधिकार, दायित्व र संवैधानिक प्रावधानबाट प्रष्ट हुन्छ ।