मंसीर १४, क्यानडा ।
सामाजिक न्यायको लागि अन्तर्राष्ट्रिय गठबन्धन – सहयात्रा – क्यानाडाले यही आउँदो २०२५को मे २५ देखी २७ सम्म क्यानडाको टोरोन्टो शहरमा जाति–मुक्त विश्वको लागि विश्वव्यापी सम्मेलन गर्ने भएको छ ।
सहयात्रा क्यानडाले भर्चियुल पत्रकार भेटघाट कार्यक्रम गरी Building Solidarity towards Equality, Social Justice and Abolition of Caste System भन्ने मुख्य नाराका साथ Global Conference for a Caste Free World 2025 विश्वव्यापी सम्मेलनको आयोजना गर्ने बारेमा जानकारी गराएको हो ।
जातीय बिभेद तथा छुवाछूत नेपाल भारत लगाएत दक्षिण एसिया हुदै बिश्वभरी फैलिदै आएको र संसारभरका करीब २६ करोड भन्दा बढी मानिसहरुले जाति, रंग र वंशजका आधारमा अमानवीय ब्यवहार तथा भेदभावको सामना गरिरहेका कारण विश्वबाटै यसको उन्मुलनका निमित्त सहयात्रा–क्यानडाको समन्वयमा विश्वव्यापी सम्मेलनको आयोजना गर्न लागिएको सहयात्राका क्यानडाका अध्यक्ष तथा क्यानडाका सरकारी उच्च अधिकृत डां द्रोण रसालीले बताउनुभयो ।
उहाँले यो सम्मेलनको लक्ष्य भनेको जातिय बिभेद तथा छुवाछुत अन्यत्यका लागि सरकारी निकाय, नीति निर्माता, अधिकारकर्मी नागरिक समाज बिभिन्न संघ संस्था संगठनका प्रतिनिधी, ब्यवसायी शैक्षिक अनुसन्धान बिद्धानहरु बिद्याथीहरु बिच ज्ञान आदान–प्रदान गर्ने साझा फोरमको बिकास गर्न सबै लाई एकै ठाउँमा ल्याउने हो भन्नुभयो ।
विश्वभरीका सरोकारवालाहरू जातीय व्यवस्था, र यसको उत्पीडनका अन्य प्रणालीहरूसँगको सम्बन्ध अधिक न्यायोचित र न्यायको लागि साझा अन्तर सम्बन्धित संघर्षको रूपमा जातीय भेदभाव अन्त्य गर्न र मिलेर गर्न सकिने उत्कृष्ट अभ्यासहरू र समाधानका बिषयमा अन्तराष्ट्रिय बहस श्रृजना गर्न यो क्यानडामा गरिने विश्वव्यापी सम्मेलन पहिलो हो, उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदाय सरोकारवाला निकाय तथा लक्षित समुहरुको ध्यानार्कषण गरी बिश्वलाई बिभेद मुक्त बनाउन एथोचित नियम–कानुनहरुको निर्माण तथा कार्यन्वयनमा सहयोग पुयाउनु सम्मेलको लक्ष्य हो । ”
उक्त जाति–मुक्त विश्वको लागि विश्वव्यापी सम्मेलनमा विश्वभरीबाट दलित अधिकार सँग सम्बन्धित अन्तराष्ट्रिय तथा राष्ट्रिय क्षेत्रमा क्रियाशिल अभियन्ता सरकारी निकाय, नीति निर्माता, अधिकारकर्मी नागरिक समाज बिभिन्न संघ संस्था संगठनका प्रतिनिधि ब्यवसायी शैक्षिक अनुसन्धान बिद्धानहरु, बिद्याथीहरु, पत्रकार, जातिय बिभेदबाट पिडित ब्यक्ति तथा परिवारका सदस्यहरु तथा बिभेद बिरुद्धको अभियानसँग आबद्ध पेशाकर्मीहरु, व्यवसायीहरु, बिषय बिज्ञहरु तथा सामाजिक अभियन्ताहरु गरी करीब ५०० जना सहभागी हुनेछन् । सम्मेलनमा जातिय भेदभाव र यसको असरबाट पिडित ब्यक्तिहरुको अनुभव र सेयर गर्नेछन् ।
पत्रकार भेटघाट कार्यक्रममा सहयात्रा क्यानडाका सभापति सन्तोष विश्वकर्माले सम्मेलनमा विभिन्न विषयमा समानन्तर बिषयमा छलफल चलाईने गरी यसको व्यवस्थापनको सबै तयारी गरिरहेको जानकारी दिनुभयो ।
उहाँले सम्मेलनमा सहभागी हुने आगन्तुहरु तथा विषय विज्ञ तथा विद्धानहरुको कार्यक्रम अवधिभरको व्यवस्थापनलाई सहज बनाउन विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुसँग समन्वय गरीरहेको पनि जानकारी गराउनुभयो ।
सम्मेलनको तयारी गरिरहेको मुल आयोजक समितिले यसै भर्चियुल पत्रकार भेटघाट कार्यक्रम मार्फत सम्मेलनको प्रभावकारीता र यसको गरिमा बढाउन सबैसमक्ष जानकारी पुर्याउन आग्रह गरेको छ ।
सहभागी पत्रकार तथा अधिकारकर्मीहरुले सम्मेलनले आन्दोलनको गतिलाई उचाईमा पुर्याउन र अन्तराष्ट्रिय जगतबाटै छुवाछूत तथा जातीभेद र रंगभेद लगाएत कुनै पनि विभेदकारी मानवीय व्यवहारलाई अन्त्य गर्न कुनै पनि कसुर बाँकी राख्न नहुने सुझाब प्रस्तुत गरेका थिए ।
सम्मेलनमा सहभागी हुन चाहनेहरुले सहयात्रा क्यानडाको वेवसाईट https://www.sahayatraintl.com/मा गई रजिष्ट्रेसन गर्न सक्नेछन् ।
रजिष्ट्रेसन हुनेहरु सहभागीहरुका लागि आयोजक मुल समितिले निमन्त्रणा प्रदान गर्नेछन् । तर सहभागीहरु आफैले भिषा तथा टिकटको व्यवस्थापन गर्नुपर्ने छ ।
प्रतिक्रिया