तामाङ सोसाइटी अफ अमेरिकाको २३ औं स्थापना दिवस सम्पन्न ।

न्यूयोर्क — तामाङ सोसाइटी अफ अमेरिकाले स्थापनाको २३ औं दिवस मनाएको छ । तामाङ सोसाइटी २३ औ स्थापना दिवस केक काटेर हर्षाेउल्लासपुर्ण मनाइएको हो । 
स्थापना दिवसको सुभारम्भ धर्मगुरु ताम्बा लालमान तामाङ र राम तामाङले परम्परागत ताम्बा काइतेन सेग्र्यम विधि पुर्वक मन्त्र पाठ गरेर गरेर मनाइएको थियो ।
संस्थाका अध्यक्ष तुल बहादुर तामाङको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि लामा गुरु रहनुभएको थियो । 

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू, सल्लाहकारहरू तथा अन्य विशिष्ट अतिथिहरूले तामाङ समुदायको एकताको महत्वलाई विशेष जोड दिदै आगामी दिनहरूमा थप सशक्त वढानुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष सन्त बहादुर तामाङले कार्यक्रममा स्वागत भनाई राख्नुभएको थियो भने महासचिव चाँदनी तामाङले कार्यक्रमको सहजीकरण गर्नुभयो । आपसी सद्भाव र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रममा सामूहिक भोजको व्यवस्था गरिएको थियो । 

तामाङसोसाइटी अफ अमेरिकाले विगत २३ वर्षदेखि तामाङ समुदायको संरक्षण, प्रवद्र्धन तथा सामाजिक सेवा क्षेत्रमा उल्लेखनीय योगदान दिंदै आएको छ ।  महासचिव शमशेरले व्यक्तिगत स्वार्थm मनमुटाव,  र रिसराग मेट सबै तामाङ समुदायलाई एक ठाउमा ल्याउन यस कार्यसमितिले पहल गर्नुपर्ने बताउनुभयो । 
अगामी स्थापना दिवस मनाउदा छ्यो बालेर सुभारम्भ गर्न सुझाव दिनु भयो । लालमान तामाङ,  शम्भु मोक्तानले तामाङ सस्कार सस्कृति जोगाइ राख्न सबैको भूमिका र जिम्वेवारी महत्वपुर्ण भएकाले एकजुट भएर लाग्न आह्वान गर्नुभयो ।

यम बहादुर मोक्तानले सस्थाको भवन बनाउन सबै एक हुनु पर्ने, भुराजनीतिमा तामाङहरु लाग्न आह्वान गरे । पुर्व महासचिव दिपेन्द्र लामाले तामाङ भाषामा जोड दिनु पर्ने, ट्रष्टि भवन बनाउनु हुन्न भनेर भ्रम फैलाएकोमा  दुख्ख व्यक्त गर्नुभयो । सजन थोकरले पुर्खले शुरु गरेको तामाङ सस्कार सस्कृतिलाइ बचाइ राख्न नया पुस्तालाइ सिकाउनु पर्नेमा जोड दिनु भयो । साथै त्ऋद्यऋ मेम्बरसिप पनि आफुले तुरुन्तै लिने बताउनु भयो । 

अन्तराष्टीय तामाङ कान्सिलका सहसचिव लाक्यन लामाले विगतको गल्ती कमीकमजोरी र भूल सुधार्दै नविनत्तम सोंच र योजनाका साथ अगाडि बढ्न सुझाव दिनु भयो । ल्च्ब्ल् न्युयोर्कका सचिव, राजु तामाङले समाजको साथै व्यक्ति पनि आर्थिक रुपम समृद्दि बनाउनु पर्ने मा जोड दिनुभयो ।

निवर्तमान आध्यक्ष बुद्दिमान तामङ ले TSA को सस्थापकको स्मरण गर्दै धन्यवाद सहित एक्लैले केही नहुने भन्दै सबै एकजुट भएर लक्ष्य पुरा गर्नु पर्नेमा जोड दिनु भयो । 
रोज घिसिङ्ले हामि सबै एक भएर मात्र यो समाजलाइ भने जस्तो बनाउन सकिन्छ भनि आह्वान गर्नु भयो रधिका तामाङ बाट थप १ हजार डलर त्ऋद्यऋ लाइ सहयोग दिने बताउनु भयो । पुर्व अध्यक्ष छेमाङ तामाङ ले पार्टिगत र व्यक्तिगत कुरालाइ बिर्सेर सस्थाको हितमा सोच्न आह्वान गर्दै पुर्व अध्यक्ष हरुले चलखेल नगरि यो कार्यसमितिलाइ निर्वाद काम गर्न दिन सुझाव गर्नुभयो ।

पुर्व अध्यक्ष सानु माया तामाङ ले सस्थाको उद्देश्य पुरा गर्न एक हुन आह्वान गर्नु भयो । पुर्व अध्यक्ष सुर्य पाख्रिन, ले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु  पर्नेमा जोड दिनु भयो । 
पुर्व अध्यक्ष भरत मोक्तान ले आफ्नो भाषा, सस्कार जगेर्ना गर्न सबै एक भएर लाग्न सुझाव दिनु भयो । राम तामाङले तामाङ भाषामा नै बोल्ने गरे मात्र भाषाको जगेर्ना हुन्छ भन्नु भयो । 

नर्थ अ्मेरिकका अध्यक्ष मोहन वाइबाले आफुले समुदाय र TSA  हितमा निस्वार्थ काम गर्ने बताउनु भयो । NRNA का उपाध्यक्ष BRलामाले विगतको कमिकमजोरि बिर्सेर सबै एक साथ अघि बढ्न सुझाव दिनु भयो ।

कार्यक्रमलाइ समापन गर्नु हुदै सभापतित्व गरि रहनु भएका अध्यक्ष  तुलबहादुर तामाङले अगामी दिनमा सबैलाइ समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 
कार्यक्रमलाइ सफल पार्न जोन लामा लगायत कार्यसमितिका सम्पुर्ण सदस्यहरुले आ आफ्नो तर्फबाट विशेष भुमिका निर्वाह गर्नु भएको थियो । 

जेष्ठ नागारिक रतन  लामा,  लामा गुरु अक्कल लामा, मितेरि समाजका अध्यक्ष सुरेश तामाङ, तामाङ सोसाइटि अफ अ्मेरिकाका निवर्तमान महासचिव शमशेर योन्जनले लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

प्रतिक्रिया