राजु तामाङ न्यू योर्क, अमेरिकाको न्यूयोर्क सहरमा आयोजना हुँदै आएको नेपाल डे परेड यस वर्ष २०२५ को मे १८ मा मेन्हाटनमा हुने भएको छ । नेपालको संस्कृति, पहिचान र एकताको प्रतीकका रूपमा हरेक बर्ष मनाउदै आएको नेपाल परेड डे मा पहिलो पटक महिला नेतृत्वमा हुन लागेको हो । न्यूयोर्कको टवानहलमा सम्पन्न विशेष बैठकले मनिता गुरुङलाई संयोजक –Convener छनौट गर्दै नेपाल डे परेड २०२५ को तयारी सुरु गरिएको छ । नेपाल डे परेडको सह–संयोजक (ऋय–ऋयलखभलभच) मा तामाङ समाज अमेरिकाका वरिष्ठ उपाध्यक्ष, सन्त बहादुर तामाङ, लङ्आईल्यान्ड नेपाली समाजका अध्यक्ष, राजन गौली, च्ष्अजधययम क्यअष्भतथ, सुदूरपश्चिम समाज अमेरिकाका— अध्यक्ष, दानसिंह बिष्ट, गोर्खा समाज अमेरिका अध्यक्ष, ओम विश्वकर्मा र मनोज सिंह रहनुभएको छ ।