नेपाल डे परेड यस वर्ष २०२५ को मे १८ मा मेन्हाटनमा हुदै

नेपाल डे परेडको संयोजकमा पहिलो पटक महिलाः 
अमेरिकाको न्यूयोर्क सहरमा आयोजना हुँदै आएको नेपाल डे परेड यस वर्ष २०२५ को मे १८ मा मेन्हाटनमा हुने भएको छ । नेपालको संस्कृति, पहिचान र एकताको प्रतीकका रूपमा हरेक बर्ष मनाउदै आएको नेपाल परेड डे मा पहिलो पटक महिला नेतृत्वमा हुन लागेको हो । 

न्यूयोर्कको टवानहलमा सम्पन्न विशेष बैठकले मनिता गुरुङलाई संयोजक –Convener  छनौट गर्दै नेपाल डे परेड २०२५ को तयारी सुरु गरिएको छ ।  नेपाल डे परेडको सह–संयोजक Co–Convener मा तामाङ समाज अमेरिकाका वरिष्ठ उपाध्यक्ष, सन्त बहादुर तामाङ, लङ्आईल्यान्ड नेपाली समाजका अध्यक्ष, राजन गौली, Richwood Society, सुदूरपश्चिम समाज अमेरिकाका— अध्यक्ष, दानसिंह बिष्ट, गोर्खा समाज अमेरिका अध्यक्ष, ओम विश्वकर्मा र मनोज सिंह रहनुभएको छ । 

अन्य संयोजक आर्थिक संयोजक, कृष्ण आचार्य, आर्थिक विभाग उपप्रमु लाइन्स बेगम पण्डित, प्रचारप्रसार संयोजक चमेली परियार, कार्यक्रम व्यवस्थापन प्रमुख बासु लामिछाने, समुदाय संयोजक लक्ष्मी थापा,— अतिथि सत्कार संयोजक रश्मि श्रेष्ठले आफ्ना आफ्ना जिम्वेवारी लिनु भएको छ । नेपाल डे परेड २०२५ लाई भव्य, ऐतिहासिक र गौरवमय बनाउने बैठकमा सहभागीहरुले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
 
गैर–आवासीय नेपाली संघ (NRNA ), न्यूयोर्क शाखा तथा अन्य नेपाली संघ–संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको यो परेडले प्रवासी नेपालीहरूको एकता, सांस्कृतिक पहिचान र देशप्रेमलाई उजागर गर्ने अपेक्षा गरिएको छ । 

सचिव राजु तामाङले वैठक सञ्चालन गर्नुभएको थियो, भने महिला उपाध्यक्ष लक्ष्मी थापाले स्वागत मन्तव्य दिनुभएको थियो । बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष छिरिङ शेर्पाले गर्नुभएको थियो ।

प्रतिक्रिया