“वसन्त” की आमा: संर्घष र सपना

जन्म दिने आमा । धर्ति टेकाउने आमा । बाटो देखाउने आमा । सपना देखाउने आमा । समग्र परिवारको प्रेरणाको स्रोत नै आमा हुन् । परिवारको खुशी पनि आमा । सस्कार र स्वभाव सिकाउने पनि आमा हुन् । वास्तवमा जन्मेपछि खान खेल्न र ताते - ताते गर्दै, क क न न सँगै जिवन जिउन सिकाउने पनि आमा नै हुन् । समाजको प्रतिविम्वमा समग्र परिवारको मुख्य पात्र नै आमा हुन् । आमा सबथोक हो । 

सन्तानका लागि, परिवारको खुशीका लागि असिम माया र परिवारका लागि जिवनको सबैथोक दिन तयार हुन्छिन् आमा । परिवारको मूल आस्थाको धरोधर नै आमा हुन् । वास्तवमा आमाकै फेरो समाएर सबै हुर्किन्छन् । त्यसैले परिवारलाई एउटै सूत्रमा बाँधेर जिउन सिकाउने आमा नै हुन् । आमा आस्था हुन् । आदर्श हुन् र विश्वास हुन् । अनि जिवनको पहिलो पाठशाला पनि । समग्र परिवारको सुख र समाजको ऐना नै आमा हुन् । आमाले परिवारको लागि, आफ्नो सन्तानका लागि आफैले आफैलाई जलाउन सक्छिन् । आमाले आफैलाई पगाल्न सक्छिन् । आमा नै न्यायकी प्रतिमूर्ति हुन् । जहाँ आमा, हुन्छ । त्यहाँ आस्था, विश्वास र प्रेम हुन्छ । त्यहाँ पारिवारिक र पारिस्पारिक सम्बन्ध सुमधुर र मिठास हुन्छ । यी र यस्ता थुप्रै सन्देशहरु दिएको छ वसन्त फिल्ममा आमाको भूमिकाले । आमाको यो भुमिका हेरीरहँदा जो कोहीको पनि आँखा रसाउँछन, आमा संगका आफ्ना विगतहरु सम्झेर । 

“वसन्त” मा आमाको भूमिकामा उर्मिला 
उर्मिला ’बसन्त’ की आमा हुन् । गाउँकी आमाको निर्णायक भूमिकामा । “बसन्त” मा   गाउँले जिवन, परिवारिक जिवन, श्रीमान विदेशिएर एक्लो हुँदा र विदेश गएका श्रीमान हराएपछि र श्रीमानपछिको वाँकी जिवनमा एक्लो महसुस गर्दै, आफ्नो सन्तान ’बसन्त’ को मुख हेरेर उनैलाई हुर्काउने बढाउने र गाउँको उकालो ओरालो भिरालोमा, घाँस दाउरा र हसिँया नाम्लोमा उर्मिलाको जिवन अभिनय पक्षमा केन्द्रित छ । 
“बसन्त” मा, प्रकाश सपुत उर्मिलाको छोराको रुपमा स्क्रिन सेयर हुन्छ । टाउकोमा मजेत्रो गुन्यू चोली, सारीको सप्को, वा पछेउरी, उनको पहिरन हुन्छ । वोलीचाली जिवनशैली, गाउँले पारामा हुन्छ । उनको अभिनय आमाको भूमिकामा वास्तविक जीवनका अनुभवहरूमा केन्द्रित छन् । व्यक्तिगत, परिवारिक र सामाजिक जिवनका भोगाई उर्मिलाको अभिनय कलामा प्रर्दशन भएको देख्न पाईन्छ । गाउँको वातावरण, स्थानीय जीवनशैली, सामाजिक घुलन,  दलित तथा सिमान्तकृत समुदाय अर्थात दलितभित्रका उत्पिडनमा पारिएका कामी अर्थात विश्वकर्मा परिवारको जिवन चारित्रिक संघर्ष फिल्म “बसन्त” मा आमाको भूमिका उर्मिलाले गरेकी छिन् ।  
फिल्म मा “बसन्तले आमा भन्दा, आमाले है भन्छिन् ” । ‘आमा’ यस्तो प्रिय शब्द लाग्छ, जुन शव्दको उच्चारणले हृदय छचल्किन्छ । यहाँ आमा र छोराका वात्सल्य प्रेम देखाइएको छ, आमाको माया र ममता अनि प्यार भरिएको छ । यस्तै यस्तै वोलीचाली र व्यवहार पश्चिम नेपालको ग्रामिण भेगको जनजिवन, खानपीन उठबस र समाजिक परिवेशका कथानक अन्तवस्तु यस फिल्ममा उठाइएका छन् ।

यहाँ माथ्लो जात र तल्लो जातको जातीय तहगत संरचनामा मिलेको समाजमा आमा छोराको पारिवारिक प्रेम भाव र जिवन चक्र समाज भर्सेज समाजको वास्तविकता देखाइएको छ । सृप खुसी र दुखका मलिन कुरामा एकले अर्कालाई बुझ्ने परिवारिक गन्थन यस कथामा उल्लेख गरिएका छन् । 
यस कथामा समाजको यथार्थ र वास्तविक चरित्र वा जातिय संरचनाको तहगत विभेद, छुवाछूत, धार्मिक अन्धविश्वास, आस्था, असमानता, गरिवी, र सामाजिक कुरीतिहरूको चरित्रलाई सम्बोधन गर्दै जातपातका कुरा, भेदभावका विषयगत मुद्दाहरू उठाइएको छ । उर्मिलाको भूमिका समाजको थुप्रै आमाहरुको भूमिकाभित्र गहिरो र नितान्त परिविारिक व्यक्तिगत दैनिकीमा आधारित छ । घाँसदाउरा, पकाउने खाने चुलाचौका, अनि छोराको खुशी र आँखा देख्ने देखाउने सपनामा केन्द्रित रहेको छ । 

को हुन ? उर्मिला 
उर्मिला लामो समयपछि अभिनय कलामा फर्किएकी हुन् । यस विचमा म्यूजिक भिडियोमा केही अभिनय गरेकी उनी बसन्तमा झण्डै दुई दशक पछि अभिनयमा देखिएकी छिन् । बसन्तमा उनको बाल्यकालको सपनाको पुनरुत्थान भएको पाइन्छ । नाँच्न गाँउन उनको सानैदेखीको रुची थियो । उनी भन्छिन्, “म सानैदेखि फिल्ममा अभिनय गर्ने सपना देख्थें, गरीवी, पारीवारीरिक समस्या र अभावका कारण र अन्य वातावारणका कारण सोचे जस्तो हुन सकेको थिएन । तर ति सपनाहरु मनमा साँची राखेको थिए, वसन्त फिल्मले मेरो सपना पुुरा गरीदिएको छ ” । 
अभिनयसँगै उर्मिला एक गायिका पनि हुन् । नेपालको मकवानपूर जिल्लाको हेटौडामा जन्मिएकी, उर्मिला जागरण मिडिया सेन्टरले निर्माण गरेको टेलिफिल्म “दलन” बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् । “दलन” टेलि सिरियलमा नैनाको भूमिकामा अन्तरजातीय भेदभाव र दलित समुदाय भित्र तेस्रो पुस्ताको प्रेम कथाको अभिनय गरेकी थिईन । May be an image of 1 person and Saqsaywaman

उनका श्रीमान रायन लाम्गादे भन्छन्, वरदान र खुबी भएर पनि सानैमा आमा वुवाको माया र काखबाट टाढिन बाध्य भएकी उर्मिलाको अँिशिक रुपमा भएपनि बसन्त मार्फत उनका रहरका  रंगीन पानाहरु भर्ने सौभाग्य पाएकी छिन् । र मेरो परिवारको खुशी भनेक उनको सफलता हो । उनको सपना भनेको मेरो सपना हो । त्यसैले उनको अभिनय र गायन क्षेत्रका हरेक कदममा मेरो निरन्तर साथ र सहयोग रहीरहनेछ । 

उर्मिला भन्छिन्, मेरो श्रीमान रायन लाम्गादेले मेरा हरेक कदम र कामहरुमा हौसला र साथ सहयोग दिनु भएको छ । मेरो परिवारको मिठो साथ समर्थनलाई मैले धन्यवाद दिन चाहान्छु  । साथै मेरो गायन र अभिनयको क्षेत्रमा साथ दिनुहुने शुभेच्छुक र शुभचिन्तकहरुलाई पनि धेरै धन्यवाद दिन चाहान्छु । 

यसअघि उर्मिलाको करिब आधा दर्जन गीतहरु पनि रिलिज भईसकेका छन् । ‘माया बैगुनी’, ‘ताजाताजा’, ‘लिन आउँछु भन्थ्यौ’, ‘समान सबै जात हजुर’ जस्ता गीतहरू उर्मिलाका गीतहरु हुन् । केही वर्ष अघि स्वास्थ्य मन्त्रालयले निर्माण गरेका चेतनामूलक टेलिभिजन विज्ञापनहरूमा पनि उनले अभिनय गरेकी थिइन् । 
व्यत्तिगत परिवारिक र सामाजिक दायित्व र जिम्वेवारीलाई सकुशल पुरा गर्दै कलाकारिता क्षेत्रमा पनि अव्वल भूमिका खेल्न सक्नु सबैका लागि सजिलो विषय होईन तर उर्मिलाले यी सबै वहुआयामिक काम गर्न सक्ने क्षमता देखाएकी छिन् । 

“वसन्त” फिल्म 
Filingo left by 'Vasant'“वसन्त” प्रकाश सपूतको डेब्यु निर्देशनमा निर्माण भएको हो । सिनेमाको मुख्य भूमिकामा प्रकाश सपूत र स्वस्तिमा खड्का छन् । नायक तथा निर्देशक प्रकाश सपुतको रहेको छ । फिल्मको विभिन्न भूमिकाहरुमा लोकप्रिय स्टार कलाकारको उपस्थिती विचविचमा अत्यन्त सान्दर्भिक रहेको छ । सुपरस्टार नायक राजेश हमाल, अभिनेता दिलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, नायिका तथा अभिनेत्रीहरु, करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्कीको पनि अभिनय रहेको छ । त्यस्तै लोकदोहोरीकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेत फिल्ममा देखिएका छन् ।

साथमा खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय पनि छ । निर्माताको रुपमा मोहन विश्वकर्मा र बिन्दु बोहोरा रहेका छन् भने कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रृेष्ठ, अनुरोध भट्टराई र नाना थकाली रहेका छन् । 

प्रतिक्रिया