समाज

“वसन्त” ले दिएको सन्देश र विनास्वादका तर्कहरु

वहुआयामिक व्यक्ति तथा वहुचर्चित कलाकार प्रकास सपुत र उनले निर्माण गरेको फिल्म वसन्तको अहिले राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा समेत चर्चा चलिरहेको छ  । यो मानेमा कि प्रकाश सपुतको वसन्त फिल्मनै नहेरी फिल्मका वारेमा टिका टिप्पणी र विनास्वादका तर्क गर्नु कति ठिक होला ? यति सम्म की वसन्त फिल्म र प्रकाश सपुतलाई वहिस्कार गर्ने अभियान नै चलाएको पाईन्छ । यसको अर्थ नेपाली समाजको जात व्यवस्थाको यर्थात चरित्र र वास्तिविकतालाई अझै पनि स्वीकार गर्न नसक्नु हो । जातको पिडा जस्ले भोग्यो उसैलाई वढि थाहा छ, नभोग्नेलाई के थाहा ? नेपाली समाजमा जातिय छुवाछुत र भेदभाव अझै पनि वलियो गरी जरा गाडेर बसेको छ भन्ने कुरा संसारलाई थाहा भएको कुरा हो । आम दलित समुदाय जात व्यवस्थावाट प्रताडित छन् ।