समाज

सत्यवती मन्दिरमा वर माग्ने मेलाको तयारी

तानसेन, कात्तिक २३ गते । पाल्पाको तिनाउ गाउँपालिका –४ सत्यवतीमा चिच्याएर वर माग्ने मेलाको तयारी सुरु भएको छ । सत्यवती मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको मेला कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।  नेपालमै अनौठो मानिएको मेला सम्पन्न गर्न तयारी गरिएको छ । मन्दिरमा वर माग्न आउने भक्तजनलाई सहज हुनेगरी यातायात, पार्किङ, सुरक्षा लगायतमा व्यवस्थापन गर्न सबै पक्षसँग छलफल गरिएको छ । यस्तै, मन्दिरसम्म पुग्ने बाटो मर्मत गरिएको छ।