सेप्टेम्बर १० मा विश्वका विभिन्न देशहरुमा ग्राण्ड प्यारेन्ट्स डे अर्थात् हजुरबा-हजुरआमा दिवस मनाइएको छ । यो दिवस उक्त पुस्तामा समर्पित छ जसले आफ्नो पूरै जीवन परिवारका लागि समर्पित गरिदिए । आफ्ना सन्तान मात्र नभई नातिनातिनाहरुको पनि हेरचाह र लालनपालन गरे, लेखपढ गराए र समय समयमा मार्गदर्शन गरे ।