रोकिएन जातीय विभेद

रोकिएन जातीय विभेद

कतै स्थानीय जनप्रतिनिधि जातीय विभेद गर्नेमा मुछिएका छन् भने कतै जनप्रतिनिधि स्वयं विभेदको भुंग्रोमा छन्

 

सर्लाही‚ नेपालगन्ज‚ काठमाडौँ — सर्लाहीको ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्याम थापा, उनका छोरा हिमाल र स्थानीय राजेन्द्र खड्काले जातीय विभेद गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । जनकबहादुर विक र सुमित्रा विकले इलाका प्रहरी कार्यालय केशरगन्जमा गएको असार १९ गते उजुरी दिएका हुन् । वडाध्यक्षका छोरा हिमाल र राजेन्द्रले असार १७ गते साँझ मादक पदार्थ सेवन गरेर जनकलाई लछारपछार गर्दै कुटेको आरोप छ ।

 

‘ठूला जातिको कुरा नमान्ने’ भन्दै वडाध्यक्षका छोराले धम्क्याएको जनकले बताए । राजेन्द्रको कुटाइबाट सुमित्रा पनि घाइते भएकी थिइन् । उजुरीपछि असार १९ गते कुट्ने र कुटाइ खाने दुवै पक्षलाई इलाका प्रहरी कार्यालयले छलफलमा बोलायो । पीडितले आफूहरू जातकै कारण अपमानित हुनुपरेको बताए । ‘जातीय दम्भ देखाएर वडाध्यक्ष र उनका छोरासहितका व्यक्तिले कुटपिट र गालीगलौज गरेका छन्,’ उनीहरूले प्रहरीमा बुझाएको उजुरीमा भनेका छन्, ‘दोषीमाथि आवश्यक कारबाही हुनुपर्छ, औषधोपचार खर्च पनि पाउनुपर्छ ।’

Reference : https://ekantipur.com/news

 

प्रतिक्रिया