तामाङ समाज उत्तर अमेरिकाले चारजना नेपाली विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भई अमेरिकाको कलेजबाट निष्कासनको अवस्थामा पुगेका तामाङ विद्यार्थीलाई “तामाङ समाज उत्तर अमेरिका शिक्षा कोषबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।
न्युयोर्क, तामाङ समाज उत्तर अमेरिकाले स्थापना गरेको Global Tamang Education Fund – २०२० ले आफ्नो मूल उद्देश्यभन्दा बाहिर रहेर पनि कलेजबाट निष्कासन हुन लागेका नेपाली तामाङ विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेको थियो । उनीहरूको भविष्य अन्धकारमय बन्नबाट जोगिएको छ । तामाङ समाज उत्तर अमेरिकाका उपाध्यक्ष अनु तामाङको संयोजकत्वमा हेल्प डेस्क गठन गरी सहयोगको आवश्यकता परेको वास्तविकता अध्यन गरिएको थियो ।
अनुसन्धान पश्चात आर्थिक रुपमा पीडित विद्यार्थीहरू रोशन तामाङ, श्रीया लामा, ओशिन तामाङ, र अमिशा मोक्तानलाई सहयोग प्रदान गरिएको हो । “शिक्षा पैसाको कारण गुमाउनु नपरोस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो ।” समाजका अध्यक्ष मोहन वाइबाले भन्नुभयो, “पीडामा परेका आफ्ना विद्यार्थीहरूलाई साथ दिनु हाम्रो सामाजिक दायित्व हो ” । यस अभियानको सुरुवात २०२० मा संस्थापक अध्यक्ष लक्यान लामाले गर्नु भएको थियो । “Coming together is a beginning, keeping together is progress, working together is success. Let us unite all Tamang भन्ने मूल नाराका साथ सुरु गरिएको Global Tamang Education Fund – २०२० ले एक लाख डलर संकलन गर्ने लक्ष्य राखेको थियो ।
यो कोषको स्थापना छात्रवृत्तिका लागि (Scholarships, शैक्षिक तालिम (Educational Training) र लोकसेवा तयारी कक्षा (-Public Service Exam Preparation Classes ) गरी तीनवटा मुख्य उद्देश्यका लागि गरिएको थियो । तर हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै, समाजले कोषको प्रयोग उद्देश्यभन्दा बाहिर गई आफ्ना विद्यार्थीहरूलाई आपतकालीन सहायता गर्ने निर्णय गरेको हो । यो कदमले केवल कोषको सदुपयोग भएको प्रमाणित मात्र गरेन, बरु तामाङ समाजको एकताको भावना, सामाजिक उत्तरदायित्व र मानवीय सेवामा प्रतिबद्धता पनि उजागर गर्यो । समाजले आगामी दिनमा पनि यस्ता सामाजिक र शैक्षिक उद्देश्यमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया