काठमाडौं — संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री रमेश लेखकको ध्यानकर्षण गर्दै एक ज्ञापनपत्र बुझाएको छ । दलित समुदायमाथि एक माथी अर्काे जातीय छुवाछुत र हिंसाको घटना बढिरहेको विषयमा ध्यानाकर्षण गराउँदै गृहमन्त्री लेखकलाई दलित संघर्ष समितिले गृहमन्त्रीकै कार्यकक्षमा ज्ञापनपत्र बुझाएका हुन् । समितिले ज्ञापतनपत्र मार्फत अछाम, सर्लाही र रौतहटमा भएको जातीय विभेदका घटनाहरुका दोषीहरुलाई कारबाही गर्न माग गरेको छ । ज्ञापनपत्रमा हालै सप्तरीको वरथवाका सत्यन्द्र राम र नेहा रौनियारविच अन्तरजातीय प्रेम विवाह पश्चात कानुन सम्मत दर्ता भईसकेको र सर्बोच्च अदालतको फैसलालाई चुनौती दिदै उनीहरुमाथी लागु औषधदेखी मानव वेचविखनसम्मको मुद्धामा फसाउने दुश्प्रयासको स्वयं गृहमन्त्रीमाफएत सत्यतथ्य छानविन गरि पिडितलाई न्याय दिलाईयोस भनिएको छ ।