गृहमन्त्री रमेश लेखक विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौं  — अन्तरजातीय विवाहित जोडीको सम्बन्ध छुटाउँने भुमिकाको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । नेकपा विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले गृहमन्त्रीविरुद्ध विरोध प्रदर्शन गरेको हो । सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध प्रदर्शनकारीले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् । सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय विवाहको विषयमा उनीहरूमाथि धरपकड र जोडी छुटाउँन गृहमन्त्री र प्रहरी प्रशासनको दमनबारे सञ्चारमाध्यममा समाचारहरू आईरहेको थियो । उक्त घटनालाई लिएर दलित तथा अधिकारकमीहरुले विरोध मण्डलामा विरोध कार्यक्रम गरिरहेका छन् । 

 

 

प्रतिक्रिया