तामाङ समाज उत्तर अमेरिकाले चारजना नेपाली विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भई अमेरिकाको कलेजबाट निष्कासनको अवस्थामा पुगेका तामाङ विद्यार्थीलाई “तामाङ समाज उत्तर अमेरिका शिक्षा कोषबाट आर्थिक सहयोग प्रदान गरिएको हो । न्युयोर्क, तामाङ समाज उत्तर अमेरिकाले स्थापना गरेको Global Tamang Education Fund – २०२० ले आफ्नो मूल उद्देश्यभन्दा बाहिर रहेर पनि कलेजबाट निष्कासन हुन लागेका नेपाली तामाङ विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेको थियो । उनीहरूको भविष्य अन्धकारमय बन्नबाट जोगिएको छ । तामाङ समाज उत्तर अमेरिकाका उपाध्यक्ष अनु तामाङको संयोजकत्वमा हेल्प डेस्क गठन गरी सहयोगको आवश्यकता परेको वास्तविकता अध्यन गरिएको थियो ।