शिक्षा

खुला विश्वविद्यालय यो अवस्थाको कारण

स्थापनाको ६ वर्षमा नै नेपाल खुला विश्वविद्यालय (एनओयू) पक्षघातको अवस्थामा पुग्नु मूल कारण दलीय आधारमा हुने पदाधिकारी नियुक्ति नै हो । दलीय भागबन्डा नमिल्दा कहिले नियुक्त हुनै समय लाग्छ भने कहिले नियुक्त भएका पदाधिकारीले पनि राजनीतिक लाइन नमिलेर काम गर्दैनन् वा गर्न सक्दैनन् । अहिलेका उपकुलपति ९ महिना र रजिष्टार ८ महिना ढिला नियुक्त भएका थिए । उपकुलपति प्रा.डा.शिलु मानन्धर बज्राचार्य नेपाली कांग्रेस र रजिष्टार डा.गोविन्द सिंह विष्ट माओवादी निकट हुन् ।