शिक्षा

के अमेरिकी डलरको युग सकिएकै हो ?

सन् २०२३ को सुरुवातसँगै सीमापार कारोबार र अन्तर्राष्ट्रिय व्यापारमा चिनियाँ मुद्रा युआनको लहरले डलरको आधिपत्यलाई कडा चुनौती खडा गर्ने देखिन्छ। तर डलरको प्रभुत्वलाई विस्थापित गरेर युआनले आफ्नो एकल वर्चस्व कायम गर्न भने सक्दैन। भूराजनीतिमा अमेरिका र चीनले दुई ध्रुवको नेतृत्व गरेतापनि अन्तर्राष्ट्रिय आर्थिक र वित्तीय प्रणाली भने स्पष्ट बहुध्रुवीय हुने देखिन्छ।