बन्दिपुर । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समाजिक समाजमा विद्यमान सांस्कृतिक असमानता र सामाजिक विभेदको वकालत गर्न पत्रकारको सञ्चार कर्म भएको बताउनुभयो । तनहुँको बन्दीपुरमा शनिबार आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको गण्डकी प्रदेशको अधिवेशनमा बोल्दै विभेदको अन्त्यका लागि पत्रकारहरुले सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो ।