पोखरा महानगरकै गेटबाहिर बिहीबार फोहोर थुपि्रएको थियो । न्युरोडमात्रै होइन, पोखरामै २ दिन फोहोर उठेन । पोखरा-१४ बाट ल्याण्डफिल साइट सारेर माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो । पोखरा-३२ मा अस्थायी र ३३ मा स्थायी प्रशोधन केन्द्र बनाउने भनिएको छ । तर फोहोर व्यवस्थापनमा समस्या आइरहन्छ, पोखराका मेयरलाई ‘टेन्सन’ हुन्छ ।