राष्ट्रिय समाचार

जापानमा छायाँकन गरिएको लक्ष्मणको 'जुनी भरीलाई' ( भिडियो )

काठमाडौं –  'द भ्वाइस अफ नेपाल सिजन ३' का फाइनलिष्ट गोविन पुनले आफ्नो नयाँ सांगीतिक सौगात 'जुनी भरीलाई' सार्वजनिक गर्नुभएको छ। युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द धर्मेन्द्र पुर्जाको रहेको छ भने संगीत स्वयम् गायक पुनको रहेको छ।  गीतलाई कमल रानाले संगीत संयोजन गर्नुभएको हो। जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सले सम्पादन गरेका हुन्।  मिंग्मा शेर्पाको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो 'बेजिला फिल्म्स'को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।