१२ असोज, काठमाडौं ।
वर्षा सकिएको छैन । वर्षाको अन्तिम अन्तिम समयमा परिरहेको निरन्तरको झरीले काठमाडौ उपत्यका लगाएतका देशका विभिन्न भागम बाढी पहिरोको वितृन्डा चलिरहेको छ । वाढी पहिरोमा परि दर्जन भन्दा बढिको ज्यान गएको छ भने दर्जनौ वेपत्ता छन् । सय बढिको उद्धार कार्य भईसहेको छ । सयौको संख्यामा विस्थापित भएका छन् ।
शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं भक्तपुर ललितपुरमा मात्रै २३ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेले बताउनुभएको छ ।
त्यसैगरीमा देशैभरीमा बाढी पहिरोका कारण ३५ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परि घाईते भएका सयौैैको उद्धार गरी नजिकको स्वास्थ्य चौकी केन्द्र तथा अस्तालहरुमा उपचार भईरहेको छ । गृहमन्त्रालयले वाढी डुवान क्षेत्रमा सयंता अपनाउन पुर्वसुचना प्रणाली जारी गरेको छ भने विपदमा परी विचलित र प्रभावित परिवारको पुनस्थापन र राहतको व्यवस्थापनका लागि स्थानीय सरकार तथा प्रदेश सरकारको ध्यानकर्षण गराएको छ ।
उपत्यकाका तीन जिल्लामा वाढीमा परी बेपत्ता भएकाहरुको खोजी कार्यलाई तिव्रता बढाएको छ । उपत्यका प्रहरी कार्यलयका अनुसार, काठमाडौंमा डुबानमा परेका २२६ घरहरुको समुदायको उद्दारका लागि नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा ३ हजार ६० जनाको टोली खटिएको छ ।
ललितपुरका पनि अधिकांश समतल भाग डुवान प्रभावित भएको छ । उद्दारमा ढिलाइका कारण शनिबार बिहान नखिपोटबाट हराईरहेका ४ जना मध्ये तीन जनालाई स्थानीय सहयोगमा प्रहरीले उद्दार गरी उपचारका लागि नजिकको अस्पतताल अस्पताल पुर्याइएको छ ।
वाढी डुवानकै कारण भक्तपुरमा ३ जनाले ज्यान गुमाए । १ जना घाइते छन् । भक्तपुरका अधिकांश भागमा पनि वाढी पसेको छ । उक्त स्थलमा प्रहरी उपरीक्षकको कमाण्डमा १२० जना प्रहरी लागि परेका छन् ।
प्रतिक्रिया