अमेरिकी दूतावासले यन्त्र बिजनेस इनक्यूबेशन प्रोग्राम मार्फत नयाँ पुस्ताका नेपाली प्राविधिक आविष्कारकर्ताहरूलाई समर्थन गरेको छ ।
नेपाली प्राविधिक अविस्कारकर्ताहरुको चार उत्कृष्ट टोलीहरूलाई समर्थन गर्न पाउँदा आफूहरु उत्साहित रहेको दुताबासले सामाजिक मिडियामार्फत जानकारी गराएकोछ ।
उक्त चार उत्कृष्ट टोलीहरुले हालै आफ्नो ६ महिनाको यात्रा सुरु गर्नुे भएको अमेरिकी दूताबासले जनाएकोछ ।
उक्त चार उत्कृष्ट टोलीहरु व्यवसाय प्रशिक्षण, नेतृत्व विकास, र महत्त्वपूर्ण वित्तीय सञ्जालहरूको विषयमा केन्द्रित छन् । दुतावासका अनुसार राइट अन एआई (उन्नत एआई सामग्री सिर्जना उपकरणहरू), मिराज (मेसिन लर्निङद्वारा स्वचालित पाठ निष्कर्षण), गोजी (नगदरहित आरएफआईडी सार्वजनिक यातायात भुक्तानी), र इआरसी (आइओटी आधारित हरितगृह व्यवस्थापन) लगाएतका परियोजनाहरू समावेश गरिएको छ ।
दुतावासको सामाजिक मिडियामा उल्लेख छ, “ हामी रोबोटिक्स एसोसिएसन नेपाल र यी दूरदर्शी टिमहरूसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं, जसले एआई र प्रविधिको क्षेत्रमा सीमाहरु फराकिलो बनाउँदैछ ” ।
प्रतिक्रिया