नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । २०८० माघ २२ गते दिउँसो काठमाण्डौस्थित रुसी राजदुतावास अगाडि भएको प्रदर्शनमा नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना सर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ । रुसी सेनामा भर्ती भएका एक दर्जन बढी नेपालीहरु सो युद्धमा मारिएको, सय भन्दा बढी नेपालीहरु वेपत्ता भएको र ठूलो संख्यामा नेपालीहरु रुसी सेनामा भर्ती भएको तथ्य प्रकाशमा आएको छ ।