पत्रकार महासंघमा पहिलो पटक महिला अध्यक्ष : निर्मला शर्मा

नेपाल पत्रकार महासंघले पहिलो पटक महिला अध्यक्ष पाएको छ । 
नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले पहिलो पटक महिलालाई विजयी बनाएको हो । 
महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखाको नेतृत्व चयनका लागि गत मंसीर २८ गते भएको निर्वाचनमा अध्यक्ष शर्माले ४ हजार २८२ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत मात्रै पाउनुभएको थियो । विष्टले प्रेस सेन्टर नेपाल, प्रेस युनियनको असन्तुष्ट समूहलगायतका श्रमजीवी पत्रकारको प्यानल खडा गरी चुनावमा प्रतिस्पर्धा गरेका गर्नुभएको थियो । 

निर्वाचित अध्यक्ष शर्माले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिनुभएको थियो । 
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ले ४ हजार २३० मतसहित विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी रोशन पुरीको २ हजार ८८६ मत आएको थियो । उपाध्यक्ष

महिलातर्फ नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

समावेशी उपाध्यक्ष उमेद बागचन, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाति सचिव सविन प्रियासन, मधेस सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट सचिव वैकुण्ठराज पराजुली र कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ ।

महासंघको ४७ सदस्यीय केन्द्रीय समिति सदस्य रहेका छन् । त्यसका लागि तीन जना सदस्य निर्विरोध निर्वाचित सदस्य रहेका छन् । सावित्री रसाइली, रीता बुढाथोकी निर्विरोध हुनुभएको छ । त्यसैगरी अन्य क्षेत्रमा दलित महिला आदीवासी जनजाति तथा पछाडि पारिएका क्षेत्रमा सदस्यहरु निर्वाचित हुनुभएको छ । 

प्रतिक्रिया