बन्दिपुर । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समाजिक समाजमा विद्यमान सांस्कृतिक असमानता र सामाजिक विभेदको वकालत गर्न पत्रकारको सञ्चार कर्म भएको बताउनुभयो ।
तनहुँको बन्दीपुरमा शनिबार आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको गण्डकी प्रदेशको अधिवेशनमा बोल्दै विभेदको अन्त्यका लागि पत्रकारहरुले सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशका सभामुख धितालले सांस्कृतिक रूपमा देखिएको असमानताले सबैभन्दा बढी दलित समुदाय पीडित भएका पत्रकारले पीडितको पक्षमा कमल चलाउनुर्प भन्नुभयो ।
उहाँले ‘मान्छे भएर पनि दलित समुदायले मान्छेको व्यवहारको अनुभुती गर्न नभएकाले त्यसको प्रत्याभूत गराउन ‘कानुनमा जे लेखिएको त्यस्तै व्यवहारमा उतार्न पत्रकारहरूले साझा प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जनस्तरमा सही र गलत समाचार छुट्टाउन पर्ने अवस्था सिर्जना भएकाले सत्य र विश्लेषण सहितको समाचार सम्प्रेषण गर्ने विषयलाई बढवा दिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया